१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसदमा समिति प्रणाली: राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा र त्यस अन्तरगतका समितिहरुको पछिल्लो करिव चार वर्षे कार्यकालको समिक्षा गर्दै ‘संसदमा समिति प्रणाली ः राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित गरिएको छ ।  

पुस्तकमा संसद र त्यसका प्रभावकारिताका लागि अमेरिकी काँग्रेस, भारतको माथिल्लो सदन र अष्ट्रेलियाका संसद र संसदीय प्रणालीहरुको अनुभव समेत समेटिएको छ । शुक्रबार सिंहदरवारमा आयोजित सो पुस्तकको छलफल कार्यक्रममा बोल्दै संसद सचिवालयमा महासचिव भरतराज गौतमले राष्ट्रियसभा र यसका समितिहरुका कामबारे जानकारी गराउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले पुस्तकमा राष्ट्रियसभा र त्यसका समितिहरुमा विधेयकका बारेमा हुने छलफल, समितिका सभापतिहरुको अनुभव र संसदीय समिति प्रणालीबारे विभिन्न देशका अनुभवहरुलाई समेत समेटिएको बताउनु भयो ।

राष्ट्रियसभा अन्तरगत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन भने संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति संयुक्त समितिको रुपमा रहेका छन । ती सबै समितिका सभापतिहरुको अनुभूति  पुस्तकमा समावेश गरिएको छ । त्यसैगरी पुस्तकमा सांसदहरुले समितिमा काम गर्दाको समितिगत प्रणालीबारे पनि जानकारी दिने प्रयास गर्नु भएको छ ।

राष्ट्रियसभाको समिति प्रणालीबारे जानकारी दिने उद्देश्यले प्रकाशित यो पुस्तक राष्ट्रियसभा र त्यसका समितिहरुका कामलाई अझ प्रभावकारी बनाउन उपयोगी हुने विश्वास लिइएको संघीय संसद सचिवालयले जनाएको छ । 




भर्खरै