७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा
अ+ अ-

काठमाडौं । अस्ट्रेलिया एकदिवसीय क्रिकेट विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि घरेलु टिम भारतसङ्गको भेट पक्का गरेको हो ।

यसअघि भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ९ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

बिहीबार दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अस्ट्रेलियाका लागि ओपनर त्रविस हेडले ६२ रन जोड्दा अर्का ओपनर डेभिड वार्नर २९ रनमा आउट भएका थिए । मिचेल मार्स शून्यमा आउट भए भने तब्राइज शाम्सीबाट बोल्ड हुनुअघि ग्लेन म्याक्सलले १ रन मात्र जोड्न सके ।

मार्नस लाबुसेन १८ रन र जोश इंग्लिस २८ रनमा आउट भए । कप्तान पाट कमिङ्गसले नटआउट १४ रन र मिचेल स्टार्कले नटआउट १६ रन बनाए ।

त्यसअघि कोलकतामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रनमै अलआउट भयो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए भने यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके । उनी ४७ रन बनाएर आउट भए ।

गेराल्ड कोत्जीले १९ रन, एडिन माक्रम र कागिसो रबाडाले १० ।१० रन बनाए । दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।

भारत र अस्ट्रेलियाबीचको फाइनल खेल आइतबार अहमदाबादस्थित नरेन्द्र मोदि रंगशालामा हुनेछ ।