७ भाद्र २०८३, आईतवार
,
Latest
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी यू-१९ प्रिमियर कपः नेपालले जापानको सामना गर्दै



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपाल र जापानको खेल हुँदैछ । वाईएसडी यूकेएम ओभलमा हुने खेल अहिले बिहान सवा ७ बजे शुरु हुँदैछ ।

नेपाल समूह ‘ए’को विजेता र जापान समूह ‘डी’को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाल अपराजित रहेको छ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो ।

यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो । आजै हुने अर्को सेमिफाइनलमा यूएई र सिङ्गापुरले प्रतिस्पर्धा गर्दैछन् ।