१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई २ सय ८९ रनको चुनौती



अ+ अ-

काठमाडौँ । भारतमा जारी आइसिसी विश्वकप २०२३ अन्तर्गत आज भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई जितको लागि दुई सय ८९ रनको लक्ष्य दिएको छ ।

भारतको चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८८ रनको योगफल बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिएका हुन् ।

त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाएका हुन् । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रवीन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नविन उल हकले समान दुई दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक एक विकेट झारे । हाल न्युजिल्यान्डले ब्याटिङ गरिरहेको छ ।