२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाले एकै खेलमा तोड्यो विश्वकपका ४ रेकर्डहरु



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकामाथि सबैभन्दा ठूलो जित दर्ता गरेको छ । शनिबार भएको दोस्रो खेलमा अफ्रिकी टोलीले श्रीलंकालाई १०२ रनले पराजित गरेको हो । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा शनिबार भएको खेलमा चार विश्वकपको कीर्तिमान बनेको छ ।

जसमा सर्वाधिक रन, सबैभन्दा छिटो शतक, एक खेलमा सर्वाधिक रन र एक इनिङ्समा तीन शतकको कीर्तिमान समावेश छ ।

१. दक्षिण अफ्रिकाको स्कोर ४२८ रन
टस हारेर पहिले ब्याटिङ गर्न आएका दक्षिण अफ्रिकाका ब्याट्सम्यानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाए । यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो स्कोर हो । अफ्रिकी टोलीले अस्ट्रेलियाको ४१७ रनको कीर्तिमान तोडे जुन टोलीले २०१५ मा अफगानिस्तानविरुद्ध बनाएको थियो ।

दक्षिण अफ्रिकाले कीर्तिमानी तेस्रो पटक विश्वकपमा ४०० भन्दा बढी रन बनाएको छ । यसअघि टोलीले आयरल्याण्ड र वेस्ट इन्डिजविरुद्ध पनि यस्तो गरेको थियो । विश्वकपमा अहिलेसम्म ५ पटक मात्रै ४०० भन्दा बढी रन बनाइएको छ । दक्षिण अफ्रिका बाहेक भारत र अष्ट्रेलियाले एक–एक पटक यस्तो गरेका छन् ।

२. विश्वकपमा सबैभन्दा छिटो शतक
दक्षिण अफ्रिकाका उपकप्तान एडेन मार्करामले एकदिवसीय विश्वकपको सबैभन्दा छिटो शतक बनाए । उनले मात्र ४९ बलमा आफ्नो शतक पूरा गरे । दिलशान मदुशंकाको फाइन लेगतर्फ छक्का प्रहार गर्दै मार्करामले आफ्नो शतक पूरा गरे ।

मार्करामले आयरल्याण्डका ब्याट्सम्यान केभिन ओ’ब्रायनको सबैभन्दा छिटो शतकको कीर्तिमान तोडे । ओब्रायनले सन् २०११ मा इङ्ल्यान्डविरुद्ध ५० बलमा शतक बनाएका थिए ।

३. विश्वकप खेलमा सबैभन्दा धेरै रन
दिल्लीको मैदानमा विश्वकपको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनेको छ । दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलमा कुल ७५४ रन बनेको थियो । दक्षिण अफ्रिकाले ४२८ र श्रीलंकाले ३२६ रन बनाए । खेलमा ३ शतक र ३ अर्धशतक पनि परेका छन् ।

यसअघि सन् २०१९ मा विश्वकपमा एक खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान थियो । जब बंगलादेश र अष्ट्रेलियाबीच ७१४ रन बनेको थियो । जहाँ अस्ट्रेलियाले ३ सय ८१ र बंगलादेशले ३ सय ३३ रन बनाएको थियो ।

४. पहिलो पटक विश्वकप खेलको एउटै इनिङ्समा ३ शतक
एकदिवसीय विश्वकप इतिहासमा पहिलो पटक एक इनिङमा ३ शतक प्रहार भएको छ । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी कक ९१०० रन०, रसी भान डेर ड्युसेन ९१०८ रन० र एडेन मार्कराम ९१०६ रन०ले शतकीय पारी खेले ।

४८ वर्ष पुरानो एकदिवसीय विश्वकप इतिहासमा यो पहिले कहिल्यै भएको थिएन । एकदिवसीय विश्वकप सन् १९७५ मा सुरु भएको थियो । तर, एकदिवसीय क्रिकेटमा भने अहिलेसम्म ४ पटक यस्तो भएको छ ।




भर्खरै