• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको समूह चरणको खेलमा स्पेनिस क्लब रियलले इटालीयन क्लब नापोलीलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो । खेलको १९ औं मिनेटमा लिओ स्क्रि ओस्टीगार्डले गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । ३४ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै रियललाई २–१ गोलले अगाडी बढाए । यता, ५४ औं मिनेटमा पिओटर जिलिन्स्कीले पेनाल्टीमा गोल गर्दै नापोलीलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ७८ औं मिनेटमा डी–बक्स भन्दा बाहिरबाट रियलका भाल्भर्डेको सशक्त प्रहार पोस्टमा लागेर फर्किँदै नापोलीका गोलकिपर एलेक्स मेरेटलाई लागेर गोल हुन पुग्यो र रियल खेलमा विजयी भयो ।

यो नतिजासँगै समूह सी मा लगातार दोस्रो जित निकालेको रियल ६ अंक अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । नापोली २ खेलबाटै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहमा भएको अर्को खेलमा पोर्चुगीज क्लब एससी ब्रागाले जर्मन क्लब युनियन बर्लिनलाई उसकै मैदानमा ३–२ गोलले पराजित गर्यो । ब्रागा ३ अंकका साथ तेस्रो र अंकविहिन बर्लिन पुछारमा रहेको छ ।