२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको समूह चरणको खेलमा स्पेनिस क्लब रियलले इटालीयन क्लब नापोलीलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो । खेलको १९ औं मिनेटमा लिओ स्क्रि ओस्टीगार्डले गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । ३४ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै रियललाई २–१ गोलले अगाडी बढाए । यता, ५४ औं मिनेटमा पिओटर जिलिन्स्कीले पेनाल्टीमा गोल गर्दै नापोलीलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ७८ औं मिनेटमा डी–बक्स भन्दा बाहिरबाट रियलका भाल्भर्डेको सशक्त प्रहार पोस्टमा लागेर फर्किँदै नापोलीका गोलकिपर एलेक्स मेरेटलाई लागेर गोल हुन पुग्यो र रियल खेलमा विजयी भयो ।

यो नतिजासँगै समूह सी मा लगातार दोस्रो जित निकालेको रियल ६ अंक अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । नापोली २ खेलबाटै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहमा भएको अर्को खेलमा पोर्चुगीज क्लब एससी ब्रागाले जर्मन क्लब युनियन बर्लिनलाई उसकै मैदानमा ३–२ गोलले पराजित गर्यो । ब्रागा ३ अंकका साथ तेस्रो र अंकविहिन बर्लिन पुछारमा रहेको छ ।