२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

निरस र बेवारिसे बन्यो संविधान दिवस



अ+ अ-

काठमाडौँ । आज नवौँ संविधान दिवश । सरकारले टुँडिखेलमा औपचारिक समारोह गरेर संविधान दिवस मनाएको छ ।

देशभर पनि संविधान दिवस मनाउन विविध कार्यक्रम गर्न सरकारले उर्दी जारी गरेको छ । त्यस्तै सरकारी निकायलाई पनि साँझ दिपावली गर्न सरकारले उर्दी जारी गरेको छ ।

सोही बमोजिम पारम्पारिक दिवस मनाउने अरुजस्तै संविधान दिवसका लागि पनि टुँडीखेलमा सरकारी मान्छे आए । नवौँ संविधान दिवशको समारोह सुरु भएको घोषणा गरियो र भाषण गरियो ।

सर्वसाधारण जनताले भने यसअघिजस्तै टुँडिखेल बाहिर उभिएरै रेलिंगबाट दिवसको कार्यक्रम हेरे । तर आज निरश थियो संविधान दिवस । देशले यो दिवस मनाइरहँदा देशमा न प्रधानमन्त्री छन् नत संसदका सभामुख नै । प्रधानमन्त्री अमेरिका र सभामुख आयरल्याण्ड छन् । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्न अमेरिका पुगेका छन् । जबकी यो सम्बोधन गतवर्ष परराष्ट्र सचिवले गरेका थिए भने त्यो भन्दा अघिल्लो वर्ष मन्त्रीले । संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्न अब देशका प्रधानमन्त्री तथा राष्टपतिहरु जाने प्रचलनमा अब धेरै कमी आएको छ । अहिले नै पनि धेरै देशका गएका छैनन् ।

संविधान जारी गर्ने पूर्व राष्ट्रपति डा रामबरण यादव विरामी छन् । उनी वीर अस्पताल भर्ना भएका छन् । यो संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको १३ दिन पुगेको छैन । यतिखेर संविधान सभाका दिन उनको पनि देशभरि स्मरण भइरहेको छ । उता संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइराला पनि हामी बीच छैनन् । उनको पनि आजका दिन स्मरण भएको छ ।

टुँडिखेलमा जारी संविधान दिवस कार्यक्रमलाई कार्यबाहक प्रधानमन्त्रीले सम्बोधन गरेका छन् । यो हाम्रो राष्ट्रिय दिवस हो र वर्षेनि मनाउने गरिन्छ । तर यो थाहा भएपछि मिल्नेसम्मका कार्यक्रमहरुलाई छोटाएर या कटाएर मुलुकको कार्यकारी प्रधानमन्त्री समारोहमै बस्नुपर्दथ्यो । तर विदेश भ्रमणमा जान पाएपछि नेपालका नेताको मन लोभिने त पुरानै परम्परा हो, त्यसले अहिले पनि निरन्तरता पायो ।

यसैकारण कर्मकाण्डी र पारम्पारिक बन्यो संविधान दिवस । भव्य हुनुपर्ने राष्टिय दिवसको निरशपना नेपाली जनताले आजका दिनमा महसुस गरेका थिए ।