१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

जातीय एकता र धार्मिक सहिष्णुताको प्रतीक बन्दै तीज

जातीय एकता र धार्मिक सहिष्णुताको प्रतीक बन्दै तीज
अ अ+ अ-

भक्तपुर । ‘लायो लायो मोहनी लायो है सानु जिम्बल बा को छोरीले ज्यान खायो’ बोलको लोक गीत बजिरहेको थियो । पाँच तले मन्दिरको प्राङ्गणमा टौमढी युथ क्लबले आयोजना गरेको तीज विशेष सांस्कृतिक कार्यक्रममा झण्डै दुई सय महिला नाचिरहेका थिए ।

रातो पहिरन, गलामा झपक्क रातो पोतेले भरिएको तिलहरी, हातभरि रातो चुरा, हत्केलामा मेहन्दी, निधारमा टीका, सिउँदोभरि छपक्कै सिन्दूर । बर्तालु महिलाको यो भीडमा अविवाहितको पहिरन पनि उस्तै मात्रै सिउँदो खाली । दिनभरि थरीथरीका गीत घन्किरहेका थिए, नजिकै दत्तात्रय मन्दिरमा दर्शन गरेर आएका बर्तालु महिला आफैँ मग्न भएर स्वतन्त्ररूपमा कोही नाचिरहेका थिए, कोही टिकटक बनाइरहेका थिए ।

कोही नाच्न पुगेर फर्किरहेका थिए, कोही आउँदै थिए । यहाँ कुनै जातजाति, भाषाभाषी र धर्मसंस्कृतिको एकात्मकता थिएन, यहाँ नाच्ने बर्तालु महिलामा ब्राह्मण, क्षेत्री मात्रै थिएनन्, नेवार, लामा, राई, लिम्बू, मधेसी, दलितलगायत सबै जातजातिका महिला थिए, हिन्दू धर्मावलम्बी मात्रै थिएनन्, त्यो भीडमा नाच्ने, रमाउने बौद्ध धर्मावलम्बी, मुस्लिम र इसाई पनि मिसिएका थिए ।

केही वर्ष अगाडिसम्म हिन्दू धर्मावलम्बी ब्राह्मण, क्षेत्रीका महिलाले मात्रै मनाउने चाडका रूपमा लिइने तीजमा पछिल्लो समयमा विभिन्न जातजाति र धर्मका नयाँ पुस्ताका महिला पनि जोडिएका छन् । उनीहरूले तीजलाई जातीय एकता र धार्मिक सहिष्णुताका रूपमा मनाउन थालेका छन् । टौमढी युथ क्लबका निवर्तमान अध्यक्ष विजयप्रसाद धौभडेलले १० वर्ष अगाडिदेखि तीजका दिन क्लबले पाँचतले मन्दिर अगाडि आयोजना गर्ने तीज विशेष सांस्कृतिक कार्यक्रममा फरकपन देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही वर्ष अगाडिसम्म ब्राह्मण, क्षेत्री मात्रै यो कार्यक्रममा देखिन्थे, तर अहिले सबै जातजाति, भाषाभाषी र धर्मसंस्कृति मान्ने महिला आएर नाचिरहेको व्रत बसेको देख्न पाइएको छ । यो खुल्ला कार्यक्रम हो, यहाँ निःशुल्क तीज मनाउने व्यवस्थापन गर्दै आएका छौँ ।” उहाँका अनुसार पछिल्ला वर्षमा नेवार समुदायका महिला पनि तीजको व्रत बस्न थालेको, तराई मूलका नागरिक पनि व्रत बस्न थालेको देख्दा यो परम्पराले जातीय एकता र फरक धर्म, कला, संस्कृतिलाई आत्मसात गर्ने गरेको नयाँ पुस्तामा पाइएको छ ।

विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी मनिषा यादव विगत तीन वर्षदेखि तीजको व्रत बस्नुभएको छ । उहाँले तीज पनि मान्ने, छठ पनि मान्ने भन्दै सबैको धर्म, कला, संस्कृतिलाई आत्मसात गर्नुपर्ने बताउनुहुन्छ । सूर्यविनायक बस्दै आएकी सवना खातुन पनि दर खाएर परिवारको सुखका लागि आज व्रत बसेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “छिमेकीसँग मिलेर सामूहिक दर पकाएर हिन्दू महिलासँगै बसेर दर खाएँ, यस वर्ष तीजको व्रत पनि बसेँ, हाम्रो धर्म फरक भए पनि परिवारको सुखका लागि परम्परा मान्न मन लाग्यो, हामी हाम्रै अल्लाहलाई सम्झेर व्रत बस्छौँ, हाम्रो धर्ममा यो परम्परा नभएपछि छिमेकीलाई साथ दिएका छौँ, साँझ बत्ती बालेर खाना खान्छौँ ।” नेवार समुदायको नयाँ पुस्तामा पनि धेरै महिला केही वर्षयता तीजको व्रत बस्ने परम्परा सुरु गरेको बताउनुहुन्छ सूर्यविनायक नगरपालिका–९ नंखेलकी तारा श्रेष्ठ । उहाँले भन्नुभयो, “नेवार समुदायमा दर खाने, तीजको व्रत बस्ने परम्परा छैन, तर तीजको रौनक देख्दा र यसको महत्त्व बुझ्दा व्रत बस्न मन लाग्यो, तीजको व्रत श्रीमान् र परिवारको सुख, शान्तिका लागि हो भन्ने थाहा पाएपछि गत वर्षदेखि नै व्रत बस्न थालेकी छु ।” छिमेकी पार्वती शर्माले तीजको व्रतका बारेमा बताएपछि गत वर्षदेखि उनीहरूसँगै धेरै नेवार महिला पनि तीजको व्रत बस्न थालेको बताउनुहुन्छ ।

भक्तपुरमा यसवर्ष बाहुन, क्षेत्रीले मात्रै नभई नेवार, लामा, तामाङ, राई समुदायका महिलाले सामूहिकरूपमा तीज मनाएका छन् भने हिन्दूसँगै अन्य धर्मावलम्बीले पनि तीज मनाएका छन् । आजको दिन भक्तपुरको दत्तात्रय, सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्ेश्वर, सुवर्णेश्वर, डोलेश्वर, आशापुरी, नन्दिकेश्वर, लटरम्बेश्वर, कैलाशनाथ, यातु महादेवलगायत जिल्लाका विभिन्न मन्दिरमा बर्तालु महिलाको भीड लाग्नुको साथै नाचगान गर्दै तीज मनाएका छन् ।

रमेश गिरी/रासस