५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भड्‌किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउने: पूर्व राष्ट्रपति भण्डारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भड्‌किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउने बताउनु भएको छ ।

हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति भण्डारीले तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्‌किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउँन सक्ने जनाउनु भएको छ ।

उहाँले नेपाली संस्कृतिको अभिन्न अङ्गको रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको सुखद् अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक वातावरण जीवन्त राख्‍न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला(संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्नुपर्ने जनाउनु भएको छ ।

सन्देशमा भनिएको छ- हरितालिका तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्‍वास सहित पुनस् शुभकामना प्रकट गर्दछु ।