२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आरोप: सरकारकै संरक्षणमा सुन तस्करी भइरहेको छ



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नै सुन तस्करीमा सग्लन भएको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा शुसासन केन्द्रीय बिभागले आयोजना गरेको बढ्दो महंगी र उपभोक्ता हित बिषययक अन्तरक्रिया कार्यक्रम मा बोन्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो “संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याउने काम भयो ।’

उहाँले तस्करीलाई सत्तापक्षले पोलिटिकल एजेण्डा बनाएको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो‘साढे ९ केजी सुन पक्राउ गर्यो त्यो कहाँ गयो रु  के भयो ? अत्तोपत्तो छैन । बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । भन्सारमा पक्राउ पर्यो त्यो अलपत्र अलपत्र सक्यो । कोकोका बाउछोरा केके भयो अरे । २९४ पटक सम्पर्क भएको देखियो । भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो । तर पनि केही पनि होइन । लाञ्छित कसलाई गर्नेभन्ने उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’

उहाँले सय किलो सुन घटाएर ६१ किलोमा झारेको आरोप समेत लगाउनु भयो