१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

सरकारले किन वितरण गरेन पदक र विभुषण ? यस्तो छ कारण

सरकारले किन वितरण गरेन पदक र विभुषण ? यस्तो छ कारण
अ अ+ अ-

काठमाडौँ । नेपाल सरकारले अकस्मात यस वर्ष प्रदान गरिने पदक तथा विभुषण रोकेपछि यसको कारणका बारेमा खोजी भइरहेको छ ।

यसअघि कतै नसुनिएको र अकस्मात यस्तो निर्णय गरेको समाचार आएपछि ७०० भन्दा बढीलाई वितरण गर्न तयार पारिएको पदक रोकिएको कारणको खोजी भएको हो । मन्त्रिपरिषदको बैठकमा गृहमन्त्रीले तयार पारेको र पदक तथा विभुषण समितिका संयोजक रक्षामन्त्रीले लगेको फाइल नै नखोली स्थगित गर्ने निर्णय गर्न प्रधानमन्त्रीले मुख्यसचिवलाई आदेश दिएका थिए ।

राज्यका विभिन्न क्षेत्रमा रहेर विशिष्ट काम गर्ने व्यक्तित्व एवं समाजसेवीहरुलाई दिने पदक तथा विभुषण वितरण नगर्ने निर्णय अकस्मात गर्यो । यसैकारण नै शुक्रबार ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक एक घन्टा ढिला गरेर ५ बजे बसेको थियो, बैठक ढिला हुनुको कारण पदक सम्बन्धी विषय पनि थियो ।

यस वर्ष सरकारले ७४० जनालाई वितरण गर्नेगरी पदकको प्रोफाइल बनाएको थियो र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो फाइल बोकेर मन्त्रिपरिषद पुगेका थिए । तर अपराह्न पौने तीन बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए संसदको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा ।

उनले प्रधानमन्त्रीसँग पदक वितरणको मापदण्ड के हो भन्ने बारेमा केही दिनदेखि गृह सचिव, मुख्यसचिव तथा विभुषण तथा पदक समितिका संयोजक पूर्णबहादुर खड्कालाई सोधेका थिए । तर पहिलेका वर्षहरुजस्तै नै यस वर्ष पनि पदक वितरणको निर्णयको तयारी भएको र यस वर्ष त्यस्तै नयाँ कुनै मापदण्ड वा नियम नबनाइएको उनीहरुले जवाफ दिएका थिए । त्यसपछि सभापति खतिवडाले पनि उनीहरु सबैलाई फोनबाट र अपराह्न प्रधानमन्त्री प्रचण्ड स्वयंलाई भेटेर यदि यसवर्षका पदकहरु पनि विगतका वर्षहरुजस्तै विवादास्पद हुने हो भने सरकारले असोज ३ गते पदक सार्वजनिक गरेपछि असोज ४ गते नै संसदको राज्य व्यवस्था समितिको बैठक बोलाएर गृहमन्त्री, गृहसचिव, मुख्यमन्त्री आदिसँग पदक वितरणका मापदण्डका बारेमा छलफल गर्ने र विवास्पद मानिस भएमा तुरुन्त खारेज गर्न लगाउने कुरा चेतावनीपूर्ण भाषामा प्रधानमन्त्रीसँग भनेका थिए ।

त्यस समयमा त्यहाँ प्रधानमन्त्रीको सचिवालयका मानिसहरु पनि रहेका थिए । खतिवडाले त्यसो भनेपछि प्रधानमन्त्रीले त्यहीँबाट गृहमन्त्रीलाई फोन गरेर पदकका लागि कतिजनाको नाम तयार भएको छ भनी सोधेका थिए र जवाफमा गृहमन्त्रीले ७४० जना रहेको बताएका थिए । त्यसपछि प्रधानमन्त्रीले त्यसमा कुनै विवादास्पद छवि भएका मानिस त छैनन् नि भनेर गृहमन्त्रीलाई सोधेका थिए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि विभिन्न व्यक्ति तथा मन्त्रालयहरुबाट सिफारिश भइ आएकाले सबै मानिसको त मैले पनि कसरी जिम्मा लिन सक्छु र भनी जवाफ दिएका थिए ।

त्यसपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्री एवं पदक समितिका संयोजक पूर्णबहादुर खड्कालाई यस वर्ष पदक वितरण नगर्दा के हुन्छ भनेर सोधेका थिए । पूर्णबहादुरले पनि प्रधानमन्त्रीजीको त्यस्तो इच्छा छ भने केगरौँ त भनी जवाफ दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले पदक वितरण नगर्ने मानसिकता बनाएका समाचार स्रोतले बतायो ।

समाचार स्रोतका अनुसार राज्य व्यवस्था समितिका सभापति खतिवडाले हरेक पदकको मापदण्ड र पारदर्शिताका बारेमा समितिमा बोलाएर छलफल गर्ने भनेपछि प्रधानमन्त्री हच्किएको र सो पदक वितरण नगर्ने निर्णयमा पुगेका थिए । अघिल्लो वर्ष पनि सरकारले पशुपति मुरार्का, लक्ष्मी महतो कोइरीलगायत छ जनाको पदक निकै विवादास्पद भएपछि पछि रद्ध गर्नु परेको थियो ।

यस पटक पनि कोही न कोही त्यस्ता व्यक्ति पर्न सक्ने र यदि त्यस्तो भयो भने सरकार नै जवाफदेही हुनपर्ने डरले प्रधानमन्त्री यो पदक वितरण नगर्ने भनी मन्त्रिपरिषद बैठकमा भनेपछि सबै मन्त्रीहरु मुखामुख गरेका थिए । त्यसपछि गृहमन्त्रीले त्यसो भए पदक नै नदिने भनेर त निर्णय नगरौँ बरु एक कार्यदल बनाएर आवश्यक मापदण्ड बनाउने र वितरण गर्ने भनेर निर्णय गरौँ भनेका थिए । सो प्रस्तावलाई पदक समितिका संयोजक रक्षा मन्त्री खड्काले हुन्छ भनेपछि सोही निर्णय गरिएको थियो ।