२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिवंगत नेम्बाङको अन्त्येष्टी बुधबार मात्र गर्ने परिवारको तयारी



अ+ अ-

काठमाडौं: हृदयाघातका कारण मंगलबार राति निधन हुनु भएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलि बुधबार मात्रै दाहसं‌स्कार गरिने भएको छ । नेम्बाङका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार गरिने एमाले निकट नेताहरुले बताएका छन् ।

दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्वाङ बेलायतबाट र कान्छो छोरा सुहाङ अष्ट्रेलियाबाट नेपाल आएपछि मात्र दाहसंस्कार गरिने छ । उनीहरु दुबै भोलिसम्ममा नेपाल आइपुग्दैछन् ।

तर नेता नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा आजै राखिने एमालेको तयारी छ ।

नेम्वाङलाई गएराति आफ्नै बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएको थियो । परिवारका सदस्यहरुले हृदयाघात भएको थाहा पाएलगत्तै त्रिवि शिक्षण अस्पताल लगे पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । नेम्बाङको निधनको खबर पाएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख र अन्य नेता, कार्यकर्ता र शुभेच्छुकहरुले अस्पताल पुगेका थिए ।