१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यालयमा कार्यकर्तालाई प्रवेशमा रोक



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बस्नुअघि कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरुमात्र प्रवेश गर्न दिइएको छ । 

कार्यालयमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० का नेता कार्यकर्ताहरूले धर्ना र प्रदर्शन गर्ने भएपछि सदस्यहरू बाहेक अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको हो । नेविसंघले प्रदर्शनको तयारी गर्ने भएपछि प्रहरीले उनीहरुलाई कार्यालयभित्र प्रवेश गर्न दिएको छैन । 

यसैबीच कार्यालयमा प्रवेश गर्न नपाएपछि पार्टी कार्यालयबाहिर नेविसंघका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । नेविसंघले म्याद सकिएका भ्रातृ संस्थाहरुमा तदर्थ समिति बनाएर महाधिवेशन गर्न म्यान्डेट दिनुपर्ने माग गरेको छ । साथै उसले रिक्त पदमा मात्रै मनोनयन गर्नुपर्ने माग राखेको छ ।  

पार्टीका कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः खारेज हुने व्यवस्था कांग्रेसको विधानमा छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा नयाँ समिति बनाउनुको सट्टा विधानको दफा निलम्बन गरी अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्न दिनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।




भर्खरै