१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले अफगानिस्तानमा इन्धन ट्रान्जिट लेन खोल्ने



अ+ अ-

काबुल (अफगानिस्तान) । इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ ।  

“वास्तवमा, अफगानिस्तानलाई थप तेल र ग्यास चाहिन्छ त्यसैले हामीले इरानसँग बैठक गर्यौं र इरानी अधिकारीहरूले हामीलाई भने कि यदि हामी इरान हुँदै अन्य देशहरूबाट आयात गर्न चाहन्छौं भने, इरान आफ्नो क्षेत्रबाट पारवहन अनुमति दिन तयार छ,“ अमिर खान मुत्ताकीले  एक अन्तर्वार्तामा उक्त कुरा उल्लेख गरेका छन्। 

मुत्ताकीले इरानी अधिकारीहरूसँगको दुई दिनको बैठकलाई राम्रो र अफगान–इरानी सम्बन्धको अवस्था सन्तोषजनक रहेको पनि टिप्पणी गरेका छन्। उनले इरानसँग इन्धन आपूर्तिमा थप बैठकहरू गर्ने पनि जनाएका छन् । (रासस–एएनआई)