१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून आवश्यक: निर्वाचन आयुक्त तुलाधर(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताउनुभएको हो ।

उहाँले निर्वाचनका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरु गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधिको अभाव रहेको बताउनु भयो । उहाँले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साइबर अपराधको नियमन र नियन्त्रण गर्नको लागि डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्नको लागि कानून र प्रविधि पक्षको अभाव रहेको छ । अनुगमन संयन्त्र पनि पर्याप्त छैन । आयोगले नीति त बनायो तर सञ्चारको नीति अझै आउन सकेको छैन । द्वेषपूर्ण अभिव्यक्तिका कुराहरु निर्वाचनको समयमा मात्रै होइन, अघिपछिका समयमा पनि हुन्छन्, यसलाई ख्याल गर्नुपर्छ ।

निर्वाचनको दौरानमा अरुको बढी नराम्रा कुरा गर्ने स्वभाव रहेको छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारेमा छलफल हुन आवश्यक छ । अब हाम्रो समय भनेको निर्वाचनको सम्पूर्ण सुधारको प्रक्रियामा हामी जाँदैछौँ । निर्वाचनको लागि यो भन्दा अझै परिष्कृत तरिकाले जानेछौँ । सशक्त कानूनको निर्माण आवश्यक्ता छ । साइबरको अपराधका लागि हामीले जिल्ला जिल्लामा विकेन्द्रिकृत गर्नुपर्छ । अहिले हामी केन्द्रिकृत छौँ ।’

निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो ।