१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो आएपछि नेपाली सेनाले खोजी तथा रिकभरी अपरेसनलाई थप तीव्र बनाएको छ।

शव संकलन तथा खोजी कार्य ढिलो भएको गुनासोलाई गम्भीरतापूर्वक लिँदै नेपाली सेनाले विशेष टोली परिचालन गरी प्रभावित तथा तल्लो तटीय क्षेत्रमा धमाधम खोजी तथा शव संकलन गरिरहेको जनाएको छ।

बाढीले बगाएर तल्लो तटीय क्षेत्रसम्म पुर्‍याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्म त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा आज थप १ हजार २ सय सैनिक जनशक्ति परिचालन गरिएको छ।

सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानहरूमा सैनिक टोलीलाई समूहगत रूपमा परिचालन गरी शव खोजी तथा संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।

यसअघि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको थियो। आज थप १ हजार २ सय सैनिक परिचालन भएसँगै बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव खोजी तथा संकलनमा खटिने नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।

नदीमा तीव्र बहाव र प्रभावित क्षेत्रमा रहेको कठिन भौगोलिक अवस्थाका बाबजुद सैनिक टोलीले सम्भावित स्थानहरूमा निरन्तर खोजी गरिरहेको सेनाले जनाएको छ। बाढीका कारण बेपत्ता भएकाहरूको खोजी तथा शव फेला पारेर व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।