काठमाडौं । नेकपा (एमाले) को दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बालुवाटारमा बस्दै छ ।
एमाले कार्यलय सचिब शेरबहादुर तमाका अनुसार बुधबार ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ । भोली बस्ने बैठकको तयारी बारे आज साँझ ५ बजे स्थायी समितिको बैठक बस्दैछ ।
भोलीको बैठकले यस अघि रुपान्तरण गरिएको महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दे केन्द्रीय कमिटीका नै फर्काउने र बैठक बोलाउने तयारी रहेको एक नेताले जानकारी दिनुभयो । पार्टी भित्रको बिवाद निरुपणका लागि पनि जेष्ठ २को अबस्थामा फर्कनु पर्ने र अदालतले पनि महाधिवेशन आयोजक कमिटीलाइ मान्यता नदिएपछि पूर्बवत अबस्थामा फर्कन लागेको ती नेताले जानकारी दिनुभयो ।
महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएका छन् तर पूर्बवत केन्द्रीय समितिको बैठक आब्हान भए के गर्ने भन्ने बारेमा भने नेपाल समूह ले आज छलफल गर्देछ ।