२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान सरकारद्वारा चार करोड ३० लाख सहयोग



अ+ अ-

काठमाडौंः कोरोनाभाइरस महामारी विरुद्ध लड्न पाकिस्तान सरकारले नेपाललाई चार करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा. खगराज बराललाई मंगलबार प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा राजदूत शाहले कोरोनाभाइरस महामारी विरुद्ध लड्न पाकिस्तानी जनताका तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सचिव डा बरालले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा पाकिस्तान सरकारका तर्फबाट उदारतापूर्वक प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।

पाकिस्तान सरकारले सार्क सदस्य मुलुकहरुले स्थापना गरेको कोभिड–१९ आपतकालीन कोष मार्फत उक्त वित्तीय सहयोग उपलब्ध गराएको हो ।