१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

प्रचण्डको मुद्दाबारे बाबुराम– शान्ति प्रक्रियालाई गिजोलेर द्वन्द्वको खेती गर्दैछन्

प्रचण्डको मुद्दाबारे बाबुराम– शान्ति प्रक्रियालाई गिजोलेर द्वन्द्वको खेती गर्दैछन्
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरी द्वन्द्वमा रुमलीराख्ने गम्भिर षडयन्त्र अन्तरगत भएको बताउनु भएको छ ।

अध्यक्ष भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरुले शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने गम्भिर षडयन्त्र भईरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आवाज उठाउन पनि सबैलाई आह्वान गर्नु भयो ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौंतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढन नदिएको र हाल आएर सामान्य निहूँ बनाएर प्रधानमन्त्री दाहालमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

शान्ति सम्झौताको विषय माओवादीको विषय मात्रै नभई राज्यको विषय भएकाले यसमा सबैले गम्भिर बन्नुपर्ने अध्यक्ष भट्टराईको भनाई थियो ।  उहाँले अदालतप्रति सम्मान गर्ने पटकपटक दोहोर्‍याउँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्क समेत गर्नु भयो ।

भट्टराईले भन्नु भयो, ‘द्वन्द्वकालिन मुद्दाहरुको निरुपण गर्नका निम्ति र द्वन्द्व पीडितहरुलाई परिपुरण दिनको निम्ति सत्य निरुपण तथा वेपत्ता आयोगको जुन व्यवस्था गरिएको थियो । त्यसलाई विभिन्न बहानामा त्यसलाई पूरा हुन नदिने र हुँदाहुँदै त अहिले एउटा सामान्य निहूँ बनाएर बहालवाला प्रधानमन्त्री, जो शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता नै हुनुहुन्छ । उहाँलाई एउटा सामान्य निहूँ बनाएर उहाँलाई गिरफ्तार गरेर मुद्दा चलाउन सक्ने भन्ने ढंगको चाँही एउटा अदालती प्रक्रिया अघि बढेको छ । अव यो झट्ट हेर्दा सामान्य लाग्न सक्छ । तर यो अत्यन्त गम्भिर प्रकृतिको विषय छ । हामी सम्मानित अदालतप्रति अनादर गर्ने हाम्रो कुनै मनसाय छैन ।’

‘हामीले अदालतको सम्मान गर्नु पर्छ, हामी गर्छौं । तर हाम्रो शान्ति प्रक्रिया चाँही संविधानको एउटा अंग थियो । र, त्यस अन्तरगतनै हाम्रो संविधानमै व्यवस्था भएको सत्य निरुपण तथा वेपत्ता तथा मेलमिलाप आयोगमार्फत् यो द्वन्द्वकालीन मुद्दाको निरुपण गर्ने भन्ने जुन व्यवस्था छ । ती मुद्दाहरुको निरुपण गर्ने भनेको सत्य निरुपण तथा मेलमिलाप आयोगले हो । यो कुरा बुझ्दाबुझ्दै विभिन्न बहानामा यो काम ढिलो भएको छ । हो यसमा हामी पनि केही मात्रामा दोषी होउला । त्यसमा हामी सुधार गर्छौंं । तर यो हाम्रो कारणले मात्र होइन ।’

‘केही मान्छेहरुको जुन यस्तो द्वन्द्वको खेती छ । म चाँही कसैलाई घोचपेच गर्न चाहन्न । तर, यर्थाथमा के बुझ्नै पर्छ भने केही डलरको खेती गर्ने मान्छेहरु, केही डलर मनिहरु, उनीहरुले चाँही विभिन्न बहानामा हामीले ऐन, कानुनहरु बनाउँछौं । उनीहरुले चाँही अदालतमा मुद्दा हाल्छन । अनि, अदालतले नै स्टे अर्डर गर्छ । त्यो कारणले गर्दाखेरी वर्षौदेखि यो सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि ऐन बन्न नदिने, एननै नबनेपछि आयोग बन्दैन । आयोग नबनेपछि यो समस्या हल हुँदैन । यो काम पटकपटक भईराखेको छ ।’

‘म आफैं प्रधानमन्त्री हुँदा म साथीहरुलाई छोटो कुरा भन्न चाहन्छु–२०६९ साल फागुन ३० गते मैले प्रधानमन्त्री छोडेर खिलराज रेग्मीजीलाई हस्तान्तरण गर्दा अन्तिम क्याविनेटले दुूई वटा निर्णय गरेको थियो । एउटा खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गर्ने । दोस्रो, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग सम्बन्धि कानुन थिएन त्यतिबेला । मैले अध्यादेश जारी गरेर मेरो मन्त्रीपरिषदले अन्तिममा अध्यादेश जारी गरेर मैले त्यसलाई छोडेको थिए । तर तुरुन्तै ती डलरको खेती गर्नेहरुले मुद्दा हाले । अदालतले त्यसलाई स्टे अर्डर गरिदियो । र, फेरी एक वर्षसम्म चुनाव भएन । त्यो रोकिएर बस्यो । पछि बल्लबल्ल नयाँ सरकार बनेपछि फेरी एउटा कानुन बन्यो । त्यसमा पनि फेरी मुद्दा पर्‍यो ।’

‘त्यो चाँही अन्तर्राष्ट्रिय मान्यता अनुसार भएन भने निहूँ खोजेर फेरी अदालतले त्यसलाई रोकिदियो । र, अनि अहिले यसपटक फेरी त्यो त्यत्तिकै अड्केर बसेको छ । यसरी जानीबुझीकन उनीहरु अडकाउने, उही हलो अड्काएर गोरु चुटने हाम्रो उखान छ नि । जानीजानी पटकपटक कानुन, ऐन बन्न नदिने, विभिन्न बहानामा त्यसलाई अल्झाई दिने, अनि यो मुद्दा टुंगिन नदिने । अनि त्यसपछि के गर्ने भने अनि सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने मुद्दाहरु उही नियमित अदालतमा लिएर जाने कुराहरु भन्ने ढंगले अहिले जुन अदालत प्रक्रिया अघि बढाइएको छ । यो अत्यन्तै गम्भिर प्रकृति छ ।’

‘त्यसैले म सम्मानित सर्वोच्च अदालतको सम्मान गर्दै न्याय प्रणालीमाथि उच्च सम्मान प्रकट गर्दै केही निहित स्वार्थ भएका व्यक्तिहरुले यो सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धि ऐन बन्न नदिने । र, त्यसैको बहानामा यसलाई अल्झाएर, त्यो मुद्धालाई गिल्झ्याएर अव यहाँ द्वन्द्वको खेती गर्ने, स्थितिलाई अस्थिर बनाई राख्ने, बाह्य शक्तिको चलखेल बनाई राख्ने जुन एउटा गम्भिर षडयन्त्र भएको छ । यसमा हामी सबै गम्भिर बन्नु पर्छ । त्यसैको निम्ति अस्ती नौं दलको तर्फबाट हामीले यस बारेमा बोलेका छौं ।’

‘आज बिहानै पनि हिजो हामी माओवादी आन्दोलनका जो सहभागीहरु थियौं । विभिन्न अलगअलग पार्टीमा अहिले छौं । हामीले पनि एउटा वक्तव्य जारी गरेर यो गम्भिर प्रकृतिको विषय छ । यो माओवादीको मात्रै विषय होइन । यो शान्ति सम्झौंता भनेको त तत्कालीन ७ दलसहितको राज्य र विद्रोही माओवादीको तर्फबाट भएको सम्झौंता अनुसार भएको कुरा हो । त्यसैले यो माओवादीको मात्रै प्रश्न होइन । यो राज्यको प्रश्न हो । त्यसैले यो विषयलाई गिजोल्याएर देशमा अशान्ति र अस्थिरता ल्याउने, बाह्य शक्तिको चलखेल गराउने र यो देशलाई फेरी यही द्वन्द्वको भुमरीमा रुमलिराख्ने गम्भिर षडयन्त्र छ ।’

‘त्यसमा हामी सबै सर्तक हुनु पर्छ । यदि संविधान नै रहेन, यो संविधाननै उल्टियो, संघीय लोकतान्त्रिक गणतन्त्र रहेन । शान्ति प्रक्रियानै भत्कियो भने हाम्रा महिलाहरुको अधिकार कहाँबाट आउँछ ? त्यसो भएको हुनाले हामी अगाडि बढनु छ । संविधान र शान्ति प्रक्रियाको रक्षा गर्नु छ । यसमाथि भईराखेको आक्रमणको विरुद्धमा नै सम्पूर्ण महिला दिदीबहिनीहरुले पनि आवाज उठाउनु हुनेछ ।’

 

अध्यक्ष भट्टराईले संविधान र शान्ति प्रक्रियाको रक्षा गर्न सबै पक्ष गम्भिर बन्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । उहाँले महिलाहरुको नाममा नागरिकता बनाउने कुरा अझै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।