• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

ममाथि मात्र होइन, सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो– प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिएर आफूलाई मात्रै नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी गर्नुभएको छ ।

माओवादी धाराका ८ दलको बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताउनुभएको छ ।

बैठकमा अहिले नै माओवादी धारहरू एकता गरेर जाने अवस्था भने नरहेको तर संयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ बैठकमा प्रधानमन्त्री प्रचण्डले बताउनुभएको थियो ।