१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

८० वर्षको उमेरमा पनि सक्रिय अमिताभ बच्चन, जसको कलेजोले २५ प्रतिशत मात्रै काम गर्छ

८० वर्षको उमेरमा पनि सक्रिय अमिताभ बच्चन, जसको कलेजोले २५ प्रतिशत मात्रै काम गर्छ
अ अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन ८० वर्षको उमेरमा पनि ६ फिल्मको हिस्सा छन् । उनी ‘ब्रह्मास्त्र’ मा एक्सन गर्दै देखिएका थिए ।

अमिताभलाई आगामी फिल्म प्रोजेक्ट ‘के’ को एक एक्सन सिक्वेन्सको सुटिङका ​​क्रममा हैदराबादमा करङमा चोट लागेको थियो ।

दुर्घटनामा अमिताभ बच्चनको मांसपेशी च्यातिएको थियो र उनलाई सास फेर्न पनि समस्या भएको थियो । दुर्घटनालगत्तै सुटिङ रोकिएपछि अमिताभलाई उपचारपछि मुम्बई पठाइएको छ ।

घटनाको बारेमा अमिताभले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । सेटमा अमिताभको दुर्घटना भएको यो पहिलो पटक भने होइन । ४१ वर्षअघि २६ जुलाई १९८२ मा ‘कुली’को सेटमा अमिताभलाई गम्भीर चोट लागेको थियो ।

आन्द्रा फुटेका कारण अमिताभ ४ दिनदेखि दुखाइबाट ग्रसित थिए र समयमै चोट पत्ता लाग्न सकेको थिएन । आन्द्रा फुटेका कारण संक्रमण यति धेरै फैलिएको थियो कि चिकित्सकहरुले आकस्मिक शल्यक्रिया गर्नुपरेको थियो ।

शल्यक्रियापछि उनमा उच्च ज्वरो आयो । मुटुको धड्कन ७२ को सट्टा १८० को गतिमा चल्न थालेपछि उनी कोमामा गए । यसअघि पनि अमिताभ दम, जन्डिस, मृगौलाको समस्याबाट ग्रसित थिए । ३ दिनसम्म डाक्टरहरु पनि डरमा थिए र सिंगो देश उनका लागि प्रार्थना गरिरहेको थियो । धेरै समस्या झेल्दै शल्यक्रियापछि ‘बिग बी’ ३ महिनापछि निको भएर फर्किएपछि भारतमा उत्सवको माहोल बनेको थियो ।

यति हुँदाहुँदै पनि अमिताभले सुटिङ सेटमा दुर्घटनाहरू झेल्द आएका छन् भने उनको अवस्था पटकपटक गम्भीर हुँदै गएको थियो । सन् २००० मा अमिताभ बच्चनको पेट निकै दुखेको थियो । जब बिग बी उपचारको लागि अस्पताल पुगे, तब उनले थाहा पाए कि उनको आन्द्रामा समस्या छ, जसको लागि उनले सानो आन्द्राको शल्यक्रिया गरेका थिए ।

उपचारकै क्रममा बिग बीलाई कलेजो सिरोसिस भएको थाहा भयो । यो हेपाटाइटिस बी को कारण थियो । सन् २०१२ मा अमिताभ बच्चनको ७५ प्रतिशत संक्रमित कलेजोलाई शल्यक्रिया गरेर काटेर अलग गरिएको थियो ।

सन् १९८२ मा दुर्घटना भएदेखि नै अमिताभ बच्चनलाई प्रायः मांसपेशीसम्बन्धी समस्या हुन्थ्यो, जसका लागि उनलाई पटक–पटक अस्पताल जानुपरेको थियो । यस बाहेक बिग बी नियमित चेकअपका लागि अस्पताल जान्छन् । २०२० मा पनि अमिताभ अस्पतालमा भर्ना भएका थिए ।