२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० वर्षको उमेरमा पनि सक्रिय अमिताभ बच्चन, जसको कलेजोले २५ प्रतिशत मात्रै काम गर्छ



अ+ अ-

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन ८० वर्षको उमेरमा पनि ६ फिल्मको हिस्सा छन् । उनी ‘ब्रह्मास्त्र’ मा एक्सन गर्दै देखिएका थिए ।

अमिताभलाई आगामी फिल्म प्रोजेक्ट ‘के’ को एक एक्सन सिक्वेन्सको सुटिङका ​​क्रममा हैदराबादमा करङमा चोट लागेको थियो ।

दुर्घटनामा अमिताभ बच्चनको मांसपेशी च्यातिएको थियो र उनलाई सास फेर्न पनि समस्या भएको थियो । दुर्घटनालगत्तै सुटिङ रोकिएपछि अमिताभलाई उपचारपछि मुम्बई पठाइएको छ ।

घटनाको बारेमा अमिताभले आफ्नो ब्लगमार्फत जानकारी दिएका छन् । सेटमा अमिताभको दुर्घटना भएको यो पहिलो पटक भने होइन । ४१ वर्षअघि २६ जुलाई १९८२ मा ‘कुली’को सेटमा अमिताभलाई गम्भीर चोट लागेको थियो ।

आन्द्रा फुटेका कारण अमिताभ ४ दिनदेखि दुखाइबाट ग्रसित थिए र समयमै चोट पत्ता लाग्न सकेको थिएन । आन्द्रा फुटेका कारण संक्रमण यति धेरै फैलिएको थियो कि चिकित्सकहरुले आकस्मिक शल्यक्रिया गर्नुपरेको थियो ।

शल्यक्रियापछि उनमा उच्च ज्वरो आयो । मुटुको धड्कन ७२ को सट्टा १८० को गतिमा चल्न थालेपछि उनी कोमामा गए । यसअघि पनि अमिताभ दम, जन्डिस, मृगौलाको समस्याबाट ग्रसित थिए । ३ दिनसम्म डाक्टरहरु पनि डरमा थिए र सिंगो देश उनका लागि प्रार्थना गरिरहेको थियो । धेरै समस्या झेल्दै शल्यक्रियापछि ‘बिग बी’ ३ महिनापछि निको भएर फर्किएपछि भारतमा उत्सवको माहोल बनेको थियो ।

यति हुँदाहुँदै पनि अमिताभले सुटिङ सेटमा दुर्घटनाहरू झेल्द आएका छन् भने उनको अवस्था पटकपटक गम्भीर हुँदै गएको थियो । सन् २००० मा अमिताभ बच्चनको पेट निकै दुखेको थियो । जब बिग बी उपचारको लागि अस्पताल पुगे, तब उनले थाहा पाए कि उनको आन्द्रामा समस्या छ, जसको लागि उनले सानो आन्द्राको शल्यक्रिया गरेका थिए ।

उपचारकै क्रममा बिग बीलाई कलेजो सिरोसिस भएको थाहा भयो । यो हेपाटाइटिस बी को कारण थियो । सन् २०१२ मा अमिताभ बच्चनको ७५ प्रतिशत संक्रमित कलेजोलाई शल्यक्रिया गरेर काटेर अलग गरिएको थियो ।

सन् १९८२ मा दुर्घटना भएदेखि नै अमिताभ बच्चनलाई प्रायः मांसपेशीसम्बन्धी समस्या हुन्थ्यो, जसका लागि उनलाई पटक–पटक अस्पताल जानुपरेको थियो । यस बाहेक बिग बी नियमित चेकअपका लागि अस्पताल जान्छन् । २०२० मा पनि अमिताभ अस्पतालमा भर्ना भएका थिए ।