३ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी वागमतीमा एमालेका किरण थापालाई राप्रपाको समर्थन छैन : अध्यक्ष लिङ्देन सरकारको कार्यशैली र बजेटप्रति कांग्रेस सांसद केसीको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

द हन्ड्रेडको डाफ्टमा सन्दीप र अर्जुन



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद द हन्ड्रेडको डाफ्टमा परेका छन् ।

इंग्ल्यान्ड क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेडको ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप र अर्जुन मात्र अटाएका हुन् ।

ड्राफ्टमा कुल ३ सय ६८ खेलाडीको नाम रहेको छ । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सर्वाधिक १ लाख २५ हजार पाउन्ड स्टर्लिङ मूल्य राखेका छन् । त्यस्तै, पाकिस्तानका क्रिकेटर बाबर आजम र शाहिन शाह अफ्रिदीले एक लाख पाउन्ड स्टर्लिङ मूल्य तोकेका छन् । सन्दीप र अर्जुन साउदले भने आफ्नो मूल्य तोकेका छैनन् ।

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण द हन्ड्रेड गुमाएका थिए । दोस्रो संस्करणमा भने सन्दीपलाई अनुबन्ध गर्न कुनैपनि टोलीले रुचि देखाएका थिएनन्।