७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, उचित क्षतिपूर्तिको माग

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, उचित क्षतिपूर्तिको माग
अ+ अ-

काठमाडौँ । अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन ।

मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलवार पत्रकार सम्मेलन गरी क्षतिपूर्ति माग गरेका हुन ।

सामान्य रुघाखोकी लागेकी प्रशंशालाई उनीहरुले सो अस्पतालमा माघ २३ गते पु¥याएका थिए । उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षण समेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफ्र लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकले रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको आरोप थियो । अन्तिम अवस्थामा विरामी नबाँच्ने भएपछि महाराजगंजस्थित मेट्रो अस्पताल पु¥याएका थिए । त्यहाँ पु¥याएको दुई घण्टा पनि नवित्दै प्रशंशाको मृत्यु भएको थियो ।

हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमको बुझाई छ । उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षण समत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताए । पीडित गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाईसेन्स छानवीन गर्न नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी पनि दिएका छन ।

पत्रकार सम्मेलनमा उनले भने, ‘मेडिकल डाक्टरको लापरबाहीका कारण छोरीको मृत्यु भयो । नानीलाई ज्वरो, रुघाखोकी सुरु भयो । हामीले माघ २३ गते सोमबार नक्सालस्थित हिमाल हस्पिटलमा लगेर त्यहाँको बच्चाको डाक्टर जयदेव यादवलाई छोरीलाई देखायौं । छाती, घाँटी हेर्नु भयो । ज्वरो नाप्नु भयो । अनि भाईरल ज्वरो हो यो । यसमा आत्तिनुपर्ने केही छैन । छातीहरु राम्रो छ भनेर औषधिहरु लेखिदिनु भयो । घ्यारघ्यार भईरहेको छ । अलि चेक गर्नु प¥यो भनौं । तर डाक्टर यादवले चिन्ता गर्नु पर्दैन भन्नु भयो । औषधि खुवाएर हेर्नुस् । शुक्रबार फ्लोअपमा ल्याउनुहोस् भन्नु भयो ।’

‘घरमा लगेर औषधिहरु खुवायौं तर ज्वरोहरु घटेन । छातीमा घ्यारघ्यार बढ्यो । त्यसपछि मंगलबार फेरी सोही अस्पताल लगियो । त्यतिबेला पनि डाक्टर सबै औषधि ठिक छ । छातीहरु नराम्रो केही पनि छैन भन्नु भयो । बरु उसलाई बाफ लगाई दिने भनेर ३ दिनका लागि लेखिदिनु भयो । यही इमर्जेन्सीमा ल्याएर बाफ लगाउनु, कफहरु सबै जान्छ भन्नु भयो । बाफ लगाएर लगियो । तर नानीको पेट पनि फुलेको देखियो । अनुहार सुन्नियो । घ्यारघ्यार अझै बढ्यो । बुधबार फेरी डाक्टरलाई देखाइयो । फेरी पनि डाक्टरले आत्तिने कुरा केही पनि नभएको बताउनु भयो । सबै नर्मलनै छ भन्नु भयो । निमोनिया भयो कि भनेर हामीले चेक गराउनु पर्छ कि भनेर सोध्दा डाक्टरले पर्दैन भन्नु भयो । फेरी पनि टेष्ट गराऔं भन्यौं तर पनि उहाँले लापरबाही गर्नु भयो ।’

‘हामी चिकित्सकको भर प¥यौं । बिहीबार बच्चाको शिथिल सरिर फेरी देखायौं । फेरी पनि नआत्तिनुहोस् भन्नु भयो । त्यसपछि हाम्रै आग्रहमा बच्चाको एक्स रे गरियो । फोक्सोमा ६० प्रतिशत बढि पानी भरिएको रहेछ । त्यसपछि इमर्जेन्सीमा भर्ना गरियो । त्यहाँ अक्सिजनको मात्रा एकदमै कम भएपछि उपचार गर्न थालियो । उपचार हुँदै गयो, विरामी झन शिथिल हुँदै गईन । त्यसपछि डाक्टर नै डरायो । पिआईसियू चाहिन्छ र हेम्स अस्पताल लैजानु भन्नु भयो । हामी तयार भयौैं । हेम्सको डाक्टरलाई ब्रिफ गरेपछि उसले यहाँ नपठाउनु भन्यो । अनि उसले हामीलाई कान्तिमा मैले डाक्टरसँग कुरा गरेँ ।’

‘त्यहाँ पिआईसियू खाली छ । त्यहाँ विरामीलाई आधा घण्टा भित्र लिएर जानुस् । नआत्तिनु । रिफ्र लेटर लेखिदिन्छु भन्नु भयो । रिफ्र लेटरमा डाक्टरको हस्ताक्षर पनि छैन । हष्पिटलको स्टयाप पनि रहेनछ । त्यो अहिले आएर पो मलाई थाहा भयो । पुरानो रेकर्ड कुनै पनि दिएन । केही लानु पर्दैन भनेर लुकाई दियो । काउन्टरमा गएर रेकर्ड माग्दा डाक्टरले नदिनु भन्यो । मैले नर्सको हातबाट त्यो जब्बरजस्ती खोसेर ल्याए । कान्तिमा विरामीलाई त्यो रिफ्र लेटरको आधारमा विरामी लिनै मानेन । हाम्रो पिआइसियू नै खाली छैन ।’

डाक्टरले कुरै गरेको छैन भन्यो । हिमालबाट कुनै पनि खालको फोन आएको छैन भन्नु भयो । मैले अनुरोध गरेपछि त्यहाँ डाक्टरहरुले हेरेँ । बच्चाको अवस्था नै नाजुक छ । यो बेला आईसियू भएको अस्पताल खोज्नुस् भन्नु भयो । त्यसपछि मेट्रो हस्पिटलमा सो पीआइसियू भएको थाहा भयो । त्यसपछि एम्बुलेन्समा राखेर नानीलाई उहाँ पु¥याइयो । भेन्टिरलेटरमा राखेर त्यहाँ उपचार गरेको करिव २ घण्टामा नानी डेथ भएको क्लिएर गरिदियो । हामी विज्ञ होइनौं । सामान्य अभिभावक हौं । दैनिक हामीले चेक गर्न जाँदा पनि उसले किन जाँच नगराई दिएको होला । कान्ति अस्पतालमा कुनै पनि खवर नगरी रिफ्र लेटर दिनु ।’

‘रिफर लेटरमा चिकित्सकको हस्ताक्षर समेत नहुनू । डाक्टरले मेडिकल रेकर्ड देखाउँदा मैले के देखाउँथे होला । त्यो सबै लुकाएर पठाउनुको अर्थ के ? आज १३ दिन भयो । अरु पनि बच्चाहरुलाई उसले के ग¥यो होला । अरु बच्चाहरु माथि कति हेलचक्र्याई गरेको होला उसले । यो डाक्टरको योग्यतामाथि छानवीन हुनु पर्छ कि पर्दैन ? मेडिकल काउन्सिलले यस्ता डाक्टरहरुलाई लाईसेन्स दिँदाखेरी छानवीन गर्छ कि गर्दैन ? हामीलाई क्षतिपूर्ति चाहियो । उनको योग्यतामाथि छानवीन हुनुप¥यो भन्ने माग राख्दै हामीले यो पत्रकार सम्मेलन गरेका हौं ।नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर टेकु र यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको छ ।’

गौतमले सो अस्पतालमा छोरी प्रशंशाको परीक्षण गराएका थिए । तर अस्पतालले आफूहरुको आग्रहमा पाँचौ दिन एक्स रे गरेर हेर्दा फोक्सोको ६० प्रतिशत भागमा पानी जमेको पाइएपछि कान्तिबाल अस्पतालमा रिफ्र गर्न भनेको थियो । चिकित्सक यादवले पिआईसियू नभएको भन्दै कान्तिबाल अस्पतालमा रिफ्र गरेका थिए । तर रिफर गरिएको लेटरमा चिकित्सक यादवले आफ्नो हस्ताक्षर समेत नगरेर लापरबाही गरेको पीडित गौतमको दुखेसो थियो ।

पीडित गौतमले फागुन ८ गते सोमबार आफूहरुमाथि न्यायको माग गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन । त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको पीडित गौतमले बताएका छन ।

गौतम दम्पत्तिको आग्रह छ–‘लापरबाही गर्ने हिमाल अस्पताल र त्यहाँका चिकित्सक यादवको योग्यतामाथि छानवीन गरी कारबाही गरियोस् ।’ प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित गौतमले न्यायको खोजी गर्दै पत्रकार सम्मेलन गरेका हुन । उनले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताए । फागुन १० गते (भोली) पीडित पक्षले हिमाल अस्पतालको व्यवस्थापनसँग सो विषयमा कुरा गर्ने तयारी गरेका छन ।