२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रिय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको बताएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रिय कमिटीमा पेस गर्ने बताउनु भयो । उहाँले प्रतिवेदनलाई थप परिस्कृत बनाउन बैठक बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो पार्टीको केन्द्रिय सचिवालयको ४९ औं बैठक बस्यो । बैठकले यही माघको २१ र २२ गते सम्पन्न हुन लागेको केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल ग¥यो । यो प्रतिवेदनको मस्यौदामाथि व्यापक छलफल गरी यसलाई पुनः परिमार्जन गरी केन्द्रिय कमिटीमा पेस गर्ने र त्यो भन्दा अघि यसलाई व्यवस्थित गर्नेगरी बैठक समाप्त गरेका छौँ ।’

‘हाम्रो राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद यी सबै विषयमा धेरथोर छलफल गरिएको छ, संगठन निर्माण, व्यवस्थित, पुनः गठन गर्ने, क्रमशः अब हाम्रो पार्टीलाई बिस्तारै सबै जिल्लादेखि तल र माथिसम्मका कमिटीहरुलाई बिस्तार गर्ने कार्ययोजना बनाइरहेका छौँ ।’

बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसदका विषयलाई पनि समेटिएको बताउनु भयो । उहाँले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताउनु भयो ।