६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालिकसँग अनैतिक सम्बध राखेको आरोपमा अनाथालयका प्रमुख पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

दोधारा चाँचदी । नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मङ्गलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सूचना आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो । “कार्यालय प्रमुखबाट नाबालिकामाथि यौनजन्य दुव्र्यवहार भएको सूचना पाएपछि नियन्त्रणमा लिएका हौँ ।” उहाँले भन्नुभयो, “मौखिक सूचना आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ ।”

अनाथालयमै आश्रय लिएका एक नाबालिकको गर्भ तुहाएपछि घटना बाहिरिएको हो । अभिभावकविहीन बालबालिकाको आश्रयस्थलमै नाबालिक असुरक्षित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । रासस