२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनामा सडक दुर्घटनामा २८१ ले ज्यान गुमाए



symbolic picture
अ+ अ-

महोत्तरी । मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया ९बारा० को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

गत साउन–१ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन् । यी घटनामा चार हजार तीन सय ७१ घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताउनुभयो । बारामा मात्रै सडक दुर्घटनाका घटनामा छ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ ।

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३/३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रदेशभित्र आव २०७६/७७ मा एक हजार तीन सय ४०, २०७७/७८ मा तीन हजार नौ सय ८३ र २०७८/७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः एक हजार आठ ६७, छ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ ।

प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउनुहुन्छ । यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

“छ महिनामै एक लाख ४६ हजार एक सय ८० वटा ९दोहोरिएकासमेत० सवारी साधनलाई कारबाही गरेका छौँ, यसबाट रु १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ”, प्रनाउ भण्डारी भन्नुहुन्छ, “विगत वर्षभन्दा जारी आवको छ महिनाको दुर्घटना र मानवीय क्षतिको सङ्ख्या अद्र्धवार्षिक अनुपातमा हेर्दा बढेकै छ ।” कारबाहीमा पर्ने सवारी साधन पनि बढेका बढ्यै छन् ।

आव २०७६/७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८/७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए । ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको विगत तथ्याङ्क छ । दुर्घटना र क्षति न्यूनीकरण गर्न समाजका सबै वर्ग, यात्रु, सवारीसाधन धनी र चालकमा सचेतता र जिम्मेवारीबोध बढ्न आवश्यक रहेको जनाइएको छ । रासस