२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँः उपविदेशमन्त्री नुल्यान्ड



अ+ अ-

काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताउनु भयो । उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साईबर क्राइमका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ टेक्नोलोजीमा सहयोग गर्ने विषयमा आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हीतका विषयमा निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पु¥याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताउनु भयो । उपविदेशमन्त्री नुल्यान्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताउनु भयो ।

सो अवसरमा उपविदेशमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नुभएको थियो । आज नै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।