८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण
अ+ अ-

लेखनाथ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराउनुभएको छ ।

प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो । सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ ।

आज सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको विपक्षमा २६ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) का फणिन्द्र देवकोटाको प्रस्ताव र नेकपा (एमाले)का रोशन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गर्नुभएको थियो ।

धिताललाई सभामुख बनाउने पक्षमा सत्तारूढ एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई र एक स्वतन्त्र सदस्यले मतदान गर्नुभएको थियो । विपक्षमा भने नेपाली कांग्रेसका २६ जनाले मतदान गर्नुभएको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बैठकको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदानमा भाग लिन पाउनुभएन ।

सभामुखमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी पनि उम्मेदवार बन्नुभएको थियो । उहाँले २६ मत प्राप्त गर्नुभयो । रासस