१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्यालले बिना उपलब्धि साँढेलाई पछ्याएको जस्तो भयो सत्ता: पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल



अ+ अ-

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली कांग्रेसल आफू र शिशु लोकतन्त्रलाई झनै कमजोर बनाएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले नेपाली कांग्रेसको नाम नलिई देशको प्रमुख राजनीतिक शक्तिले हालै लिएको निर्णयले अन्ततः ऊ आफैँ र शिशु लोकतन्त्र झनै कमजोर बनाउने बाहेक अरु कुनै उपलब्धि दिन नसक्ने बताउनुभएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले नेपाली कांग्रेसको सत्तामोहलाई उत्कर्ष बिम्ब भन्दै यसलाई ‘साँढेको फल झर्ला र खाउँला’ भनेर स्यालले बिना उपलब्धि साँढेलाई पछ्याएको उक्तिसँग तुलना गर्नुभएको छ ।