२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्यालले बिना उपलब्धि साँढेलाई पछ्याएको जस्तो भयो सत्ता: पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल



अ+ अ-

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर नेपाली कांग्रेसल आफू र शिशु लोकतन्त्रलाई झनै कमजोर बनाएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले नेपाली कांग्रेसको नाम नलिई देशको प्रमुख राजनीतिक शक्तिले हालै लिएको निर्णयले अन्ततः ऊ आफैँ र शिशु लोकतन्त्र झनै कमजोर बनाउने बाहेक अरु कुनै उपलब्धि दिन नसक्ने बताउनुभएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले नेपाली कांग्रेसको सत्तामोहलाई उत्कर्ष बिम्ब भन्दै यसलाई ‘साँढेको फल झर्ला र खाउँला’ भनेर स्यालले बिना उपलब्धि साँढेलाई पछ्याएको उक्तिसँग तुलना गर्नुभएको छ ।