२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाद्वारा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव, कार्यसम्पादन समितिले निर्णय गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गर्नुभएको छ ।

मंगलबार बिहान आफ्नो निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गर्नुभएको हो । तर पदाधिकारी बैठकमा विश्वासको मत दिनेबारे एक मत हुन नसकेको बताइएको छ ।

विश्वासको मत दिन नहुने मत जाहेर गर्ने पदाधिकारीहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने माग गर्नुभएको थियो । तर तत्कालै केन्द्रीय समितिको बैठक बस्न असम्भव भएकाले कार्यसम्पादन समिति बैठकले निर्णय गरी बैठक बोलाइएको छ ।

अब कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले गर्ने निर्णय गर्ने अधिकार दिइएको छ ।