५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिश्वासको मत दिनुस: प्रचण्ड, साथीहरुसंग सल्लाह गर्छु: देउवा



file
अ+ अ-

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही पुग्नु भएको थियो । दुई नेताको भेट बारे कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युजपोलारसंग भन्नुभयो ‘प्रचण्डजीले मत माग्नु भयो सभापतिज्यूले मंगलबार बिहान दलको बैठक छ साथीहरु संग सल्लाह गर्छु भन्नुभयो ।’

उहाँले भन्नुभयो दाहाल नेतृत्वको सरकारलाई बिश्वासको मत दिने नदिने बारे कुनै निर्णय भएको छैन । मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिदै हुनुहुन्छ ।