२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकारलाई कसैले ढाल्छ कि नसोच्नुहोला, यो स्थिर र स्थायी सरकार होः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् ।

सोमवार आयोजित सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार ढल्ने बजार हल्लाहरू गलत भएको बताए ।

‘बजार हल्लाहरू हुन्छन्, हल्लै हल्लाको देश नभए पनि हल्ला बेसरी चल्छ । यो सरकार, यसभित्र खेल हुन्छ कि, कसैले ढाल्छ कि नसोच्नुहोला । धेरैधेरै खेलाडीहरू दर्शक भएका छन्, रिङ बाहिर बसेर हेर्न बाध्य छन्,’ ओलीले भने , ‘यो सरकार बनाइएको स्थिरताका लागि हो, यो सरकार स्टेबल र इफेक्टिभ सरकारका रूपमा अगाडि बढ्छ । हल्लाका पछाडि लाग्नुको कामै छैन ।’

सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि ओलीको भनाई छ ।