१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा (फोटोफिचर)

संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा (फोटोफिचर)
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । पुस २५ गते (भोली) अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी गराउनु भएको हो । आईतबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरु पूरा गरिएको बताउनु भयो ।

संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक भोली एकसाथ बस्दैछ । प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रियसभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘संघीय संसदको भोलीदेखि अधिवेशन सुरु हुँदैछ । दुवै सभाका बैठकहरु एकसाथ १ बजेबाट सुरु हुन्छन । संघीय संसद सचिवालयले यसको सन्दर्भमा गर्नुपर्ने तयारीहरु सम्पूर्ण रुपमा पूरा गरिसकेको छ । यस पटक केही नयाँ दलहरु पनि निर्वाचित भएर आएको अवस्था छ । ती दलका लागि आवश्यक पर्ने संसदीय दलका कार्यालयहरु हामीसँग थिएनन् । न ठाउँ थियो, न हामीसँग पर्याप्त स्रोत, साधनको आधारमा भवनहरु बनाउन सकिने अवस्था नै थियो । तत्काल हामीले नेपाल सरकारसँग समन्वय गर्यौँ । र, नेपाल सरकारले केही संरचनाहरु उपलब्ध गराई दियो । र, हामीले त्यसको व्यवस्था मिलाई सकेका छौं ।

अहिले हामीले ती दलबाट निर्वाचित हुने पदाधिकारीहरु जसलाई कानुन बमोजिम सवारी साधन उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसका लागि हामीसँग पर्याप्त सवारी साधन छैनन् । नेपापल सरकारसँग त्यसबारे पहल गरिरहेका छौं । माग गरेका छौं । हामीले कठिनका साथ भएका स्रोत, साधनहरुको उपयोग गरिरहेका छौैं । अव यसको अतिरिक्त बैठक सम्पादनका लागि, बैठकको व्यवस्थापनका लागि गर्नुपर्ने प्रशासनिक तथा व्यवस्थापकीय कुराहरु, प्राविधिक परीक्षणका कुराहरु सबै सम्पन्न गरिसकेका छौं ।

प्रविधिफेरी कस्तो हुँदो रहेछ भने आज प्रयोग गर्ने र भोली प्रयोग गर्ने हो भने त्यसमा केही समस्याहरु आउँदा रहेछन । त्यसैले सम्पूर्ण कुराहरु हामीले एकएक गरेर हाम्रा प्राविधिक कर्मचारीहरुको सहयोगले उहाँहरुले त्यो परीक्षण गरिसक्नु भएको छ । हामीले आज पनि त्यो ट्रायलको रुपमा हेरेका थियौं । सबै हिसावले हामी अधिवेशनका तयारीको काम पूरा गरेका छौं । कर्मचारीहरुलाई खटाउने कुराको पनि व्यवस्था गरेका छांै । अरु साजसज्जाका कुराहरु, सरसफाईका कुराहरु हामीले पूरा गरेका छौं ।

यसका साथै हामीले दुवै सभाका लागि आवश्यक पूर्व बैठकहरु जस्तो प्रतिनिधिसभातर्फ कार्य व्यवस्था परामर्श समिति थिएन । अहिलेसम्म भएको छैन । अव विस्तारै होला । त्यसका लागि हामीले नयाँ बैठक प्रारम्भ हुनुभन्दा अगाडि सबै दलको प्रतिनिधित्व हुनेगरी प्रतिनिधिसभाका सदस्यहरुको सर्वदलीय बैठक सम्पन्न गरेका छौं । राष्ट्रियसभा अन्तरगतपनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न भयो । ती बैठकहरुले गरेका निर्णयहरुको आधारमा सचिवालयले गर्ने अरु तयारीका कामहरु आज गरेको छ । हाम्रा तयारीहरु दुई खालका हुन्छन । एउटा अधिवेशन आह्वान पूर्वको तयारी । अर्को, अधिवेशन पश्चातको तयारी । अधिवेशन पश्चातको पनि हाम्रो दुूई खालको तयारी हुन्छ । एउटा तत्काल सुरु गर्छौंं । र, अर्को हिजोआजबाट प्रारम्भ गरेको सम्पन्न गरेका हुन्छौं । यी सबै कामहरु हामीले सम्पन्न गरेका छौं ।’

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरुलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताउनु भयो ।

संघीय संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ । सहायक प्रवक्ता धमलाले भन्नु भयो, ‘१२ वटा दलहरुलाई समेटेर यो सिटको व्यवस्थापन गर्नुपर्नेछ । हामीसँग भौतिक संरचना यति नै हो । थप छैन । कोभिडको संकट बढेर आउने पनि भनिएको छ । हामीले त्यसलाई पनि ख्याल गर्दै एउटा सिट खाली राखेर सिट व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यो भवनलाई थप विस्तार गर्न सम्भव छैन ।

हामीले सम्भव भएसम्म सबै दलको कम्तिमा एक जना नेता भएपनि अगाडि रहने गरी मिलाउन कोसिस ग¥यौं । हरसम्भव प्रयास गर्यौँ । तर, केही दलहरुको त्यो सम्भावना भएन । हामीले त्यस्ता केही दलहरुलाई चाँही एउटा रोहमा मिलाएर उहाँहरुको दलीय प्रतिनिधित्वको स्ट्रेन्थको आधारमा मिलाएका छौं । बाँकि अरु सबै दलहरुलाई फ्रन्टमा नेता रहने र पछाडि अरु सदस्यहरु रहेन गरी मिलाएका छौं ।

यसमा सत्तापक्ष र प्रतिपक्ष मोटामोटी रुपमा विभाजन भईसकेको छैन । किनभने प्रधानमन्त्रीले विश्वासको मत लिने काम पर्सी हुँदैछ । अहिले उहाँहरुसँग समन्वय गरेर तपाईहरु सत्तापक्ष कि प्रतिपक्ष भनेर सोधेर उहाँहरुले जे भन्नु हुुन्छ, त्यसको आधारमा हामीले सत्तापक्ष र प्रतिपक्षमा रहने सदस्यहरुको अनुसार दलगत रुपमा सिटको व्यवस्था मिलाई सकेका छौं ।’

अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरुले बोल्ने कार्यसूचि तय गरिएको छ । संघीय संसदमा सांसदहरुले पनि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ । भोलीबाट परीक्षणका लागि राष्ट्रियसभामा सुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ ।