५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुको शपथअघि सर्वदलीय बैठक बोलाइयो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको छ ।

बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभा सदस्यहरुले शपथ लिने कार्यक्रमअगावै १२ बजे बस्ने गरी संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएको हो ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल (१२ दल) का नेताहरुलाई बोलाइएको छ । प्रत्येक दलबाट एक/एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको संसद सचिवालयले जानकारी दियो ।