२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकपमा सबैको नजर पर्नेछ यी युवा खेलाडीहरुमा



अ+ अ-

एजेन्सी । फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । विश्वकप खेल्नु भनेको खेलाडी र खासगरी युवा खेलाडीको सपना हुन्छ ।

कतारमा आयोजना भइरहेको यो विश्वकपमा केही युवा खेलाडी छन्, जो दबाबका बाबजुद पनि अनुभवविना देशका लागि ठूला स्टार बन्न सक्छन् । यी उदाउँदो ताराहरूका लागि फुटबलको संसारमा छाप बनाउने यो सुनौलो अवसर समेत रहेको छ ।

 

गारंग कुओल (अष्ट्रेलिया) उमेर १८ वर्ष

विश्वकपमा अस्ट्रेलियाका सबैभन्दा कान्छो खेलाडी हुन् गारंग कुओल । उनी ६ वर्षको उमेरमा परिवारसँग शरणार्थीको रूपमा अष्ट्रेलिया आएका थिए । १६ वर्षको उमेरमा उनले ए(लिग खेले । उनको राम्रो प्रदर्शनको कारण सेप्टेम्बर २०२२ मा प्रिमियर लिग क्लब न्यूक्यासलले उनलाई अनुबन्ध गरेको थियो ।

 

गाबी (स्पेन) उमेर १८ वर्ष

गाबी १७ वर्षको उमेरमा स्पेनका लागि डेब्यु गर्ने स्पेनका सबैभन्दा कान्छो खेलाडी बने । उनको उत्कृष्ट प्रदर्शनका कारण उनको तुलना स्पेनका पूर्व स्टार जेभियर हर्नान्डेज अर्थात् जाभीसँग भइरहेको छ ।

 

पेड्री (स्पेन) उमेर १९ वर्ष

पेड्रीले १७ वर्षको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका थिए । त्यसपछि उनी टोलीको महत्वपूर्ण खेलाडी बने । मिडफिल्डमा खेल्ने पेड्रीले बार्सिलोनाका लागि ३७ खेल खेलेका छन् । मार्च २०२२ मा १९ वर्षको उमेरमा उनले स्पेनका लागि डेब्यु गर्ने मौका पाए ।

 

जुड बेलिंगहम (इंग्ल्याण्ड) उमेर १९ वर्ष

उनले १६ वर्षको उमेरमा डेब्यु गर्दै सिनियर टोलीमा सबैभन्दा कान्छो खेलाडी बने । उनका बुबा मार्क र दाई अय्यूब पनि फुटबलर हुन् । बोरुसिया डर्टमण्डले २०२० मा जुडलाई आफ्नो क्लब इतिहासमा सबैभन्दा बढी रकममा किनेको थियो । मात्र १९ वर्षको उमेरमा जुडले कप्तानी पनि सम्हालेका थिए ।

 

जमाल मुसियाला (जर्मनी) उमेर १९ वर्ष

जमालले १७ वर्षको उमेरमा बायर्न म्युनिखबाट डेब्यु गरेका थिए । जमालको जन्म जर्मनीमा भएको थियो । त्यसपछि आमाबुवासँग उनको इंग्ल्याण्डमा बसोबास भयो । जमालले इङ्ल्यान्ड र जर्मनी दुवैबाट जुनियर स्तरमा खेलिसकेका छन् । तर, जर्मनीका लागि उनले सिनियर डेब्यु गरे ।

 

आन्सु फाती (स्पेन) उमेर २० वर्ष

फाती सानै उमेरमा स्पेनका उत्कृष्ट युवा खेलाडीहरूमध्ये एक हुन् । उनले २०१९ मा बार्सिलोनाबाट डेब्यु गरेका थिए र त्यसबेलादेखि उनी नियमित रूपमा टोलीको हिस्सा बनेका छन् । स्पेनका लागि ४ खेलमा एक गोल गरेका छन् । उनका दाजु र बुबा दुवै फुटबलर हुन् ।

 

एन्टोनी (ब्राजिल) उमेर २२ वर्ष

ब्राजिलमा एकभन्दा अर्का स्टारहरु छन् । युवा खेलाडी एन्टोनीले ११ खेल खेलेका छन् । तर, टोलीमा नेयमार, गेब्रियल जेससजस्ता स्टार रहेकाले विश्वकपको प्रारम्भिक ११ मा उनी छनोट हुन गाह्रो छ । उनी विकल्पका रूपमा आउन सक्छन् । उनले आयाक्सका लागि ५३ खेलमा १७ गोल गरेका थिए ।

 

ओरेलियन चुआमेनी

ओरेलियन एक रक्षात्मक मिडफिल्डर हुन् । सन् २०१८ मा आफ्नो रक्षात्मक खेलका कारण उनी चर्चामा आएका थिए । लगातारको प्रदर्शनका कारण उनले रियल म्याड्रिडसँग ६७६ करोडमा ६ वर्षको सम्झौता गरेका थिए । उनले फ्रान्सका लागि १४ खेल खेलिसकेका छन् ।