८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

किन बढ्दैछ सम्बन्धविच्छेद ?

किन बढ्दैछ सम्बन्धविच्छेद ?
अ+ अ-

देउखुरी । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गर्नुभयो ।

विवाहको एक वर्षपछि छोरीको जन्म भयो । छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो । गोकर्णले कल्पनालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने, छोरीलाई स्याहार नगरेको आरोप लगाउने गर्नुभयो ।

आफूमाथिको आरोप कल्पनालाई सह्य नभएपछि घर झगडा सुरु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले कल्पना वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्सको दुबई जानुभयो ।

विदेशमा रहेको श्रीमती बिग्रेको हुन्छ भन्ने शङ्काले गोकर्णलाई झनै पि¥यो । कल्पनाको भनाइ छ, “विदेशमा भने जस्तो समयमा छुट्टी मिल्दैन नि, भनेको समयमा फोन उठाएन भने कोसँग कहाँ बसेकी छस् भनेर शङ्का गरेर गाली दिन थाल्नुभयो ।” त्यसपछि श्रीमान्ले उजुरी दिएको घटना सम्झँदै कल्पना भन्नुहुन्छ, “उहाँले मसँग सरसल्लाह नगरी आफूखुसी घर छोडी गएको, छ वर्षदेखि सम्पर्कमा नआएकाले अब तिमीसँग बस्न सक्दिन भन्नुभएको थियो । त्यही भनेर उजुरी दर्ता गर्नुभएछ ।”

कल्पना विदेशमै रहेका समयमा गोकर्णले सम्बन्धविच्छेद गरिपाउँ भनी २०७८ मङ्सिर १४ गते दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभयो । श्रीमान्–श्रीमतीबीच सल्लाह भएर नै आफू विदेश गएको कल्पनाको भनाइ छ ।

विदेशी भूिममा आफूले परिवारकै लागि पसिना बगाउँदा बगाउँदै पनि श्रीमान्ले आफूमाथि अन्याय गरेको र सम्बन्ध विच्छेदको मुद्दा हालेको कल्पनाको भनाइ छ । यसैले झै–झगडा गरेर रातदिनको किचलो सहनुभन्दा अलग भएर बस्न उत्तम देखेर सम्बन्धविच्छेद गर्न तयार भएको कुरा पनि उहाँले अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ ।

जिल्ला अदालतले मुद्दाको २०७८ चैत १२ गते उहाँहरूकी छोरी बाबुसँगै रहने र सम्पत्तिमा कुनै दाबी नगर्ने गरी मुलुकी देवानी संहिता, २०७४ को दफा ९३ बमोजिम फैसला सुनायो ।

दाङकै शान्तिनगर गाउँपालिका–५ का २७ वर्षीया मनिषा खत्री र सोही पालिकाकै २८ वर्षीय विकास रावतको सामाजिक परम्पराअनुसार २०६९ सालमा विवाह भयो । बिहे भएको एक वर्षपछि छोरीको जन्म भयो । विकास वैदेशिक रोजगारीका लागि साउदी अरब जाने आउने गर्नुहुन्थ्यो । मनिषा सासूससुरासँग घरमै बस्ने गर्नुभएको थियो । विकासले आफ्नै साथीलाई मोबाइलमा कुरा गर्न लगाएको मनिसालाई थाहा भएन । त्यसपछि विकासले ‘अबदेखि मैले पैसा पठाउन सक्दैन तँैले आफ्नो बाटो गर’ भन्ने गरेको मनिषाको आरोप छ ।

मनिषा भन्नुहुन्छ, “फोनमा कुरा गरेको निउ पारेर रातदिन गाली खान सुरु भयो । श्रीमान्ले जिल्ला अदालत दाङमा २०७७ पुष २५ गते सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नुभयो ।” विसं २०७८ मङ्सिरमा सम्बन्ध विच्छेदको मुद्दा टुङ्गो लाग्यो । उहाँहरूकी आठ वर्षकी छोरी बाबुसँगै रहने र श्रीमान्को सम्पत्ति तीन भाग लगाउने, त्योमध्येको एक भाग लिएर अलग भएर बस्न तयार रहेको फैसलामा उल्लेख गरिएको छ ।

मुद्दाको चाप बढ्दै

दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापा पछिल्लो समयमा दाङमा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताउनुहुन्छ । आव २०७४/७५ मा ६४० जोडीले सम्बन्ध विच्छेदका लागि दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएकामा ४९५ जोडीको मुद्दा फछ्र्योट भएको थियो । आव २०७५/७६ मा ९१५ सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकामा ६४० जोडीको मुद्दा फछ्र्योट भएको थियो । आव २०७६/७७ मा ७८४ सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएकामा ४४९ जोडीको मुद्दा फछ्र्योट भएको र आव २०७७/७८ मा सम्बन्ध विच्छेदका लागि अदालतमा एक हजार ५४ मुद्दा दर्ता गराएकामा ७१३ जोडीको मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।

त्यसैगरी आव २०७८/७९ को असार १७ सम्म सम्बन्ध विच्छेदका एक हजार ३४७ मुद्दा दर्ता भएकामा ९७८ को फैसला भैसकेको र ३७९ प्रक्रियामा रहेको सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिनुभयो । अदालतमा सम्बन्ध विच्छेद गर्न आउनेमा महिलाको सङ्ख्या धेरै रहेको र २३ देखि २६ वर्ष उमेरसम्मका श्रीमान् श्रीमतीमा यो अवस्था आउने गरेको उहाँले जानकारी दिनुभयो ।

किन बढ्दैछ सम्बन्धविच्छेद ?

मुख्य न्यायाधीश थापाका अनुसार यसो हुनाका मुख्य कारण बसाइँसराइ र स्वतन्त्रता हुन् । गाउँ छाडेर सहरी वातावरणमा रमाउने, अर्काको देखासिकी गर्ने, राम्रो लगाउने, मीठो खाने र आम्दानीभन्दा खर्च धेरै गर्ने भएका कारण परिवारभित्र कलह सुरु हुन्छ र त्यो फैलिँदै गएर सम्बन्धविच्छेदमा परिणत हुने उहाँको ठम्याइ छ ।

घोराही उपमहानगरपालिका–६ का ९१ वर्षीय चूडामणि पौडेल आधुनिकताका नाममा नेपाली संस्कारमाथि विभिन्न विकृति विसङ्गति थपिँदै गएका कारण पछिल्लो समयमा वैवाहिक सम्बन्धमा खटपट आउने गरेको बताउनुहुन्छ । पौडेलका अनुसार, पहिलेपहिले वरबधुको छनोट गर्दा दुवैतर्फको तीन पुस्तासम्मको सोधपुछ गरेर मात्र अन्तिम टुङ्गोमा पुग्ने गरिन्थ्यो ।

पहिला केटा वा केटीको मावलीतर्फको समेत सोधखोज गरेर मात्र विवाहको निक्र्यौल गरिने चलन थियो । “कुल हेरेर विवाह गर्ने मूल हेरेर पानी खाने उखान लागू गरेर वरबधुको छनोट गर्ने त्यो बेलाको समाजमा वैवाहिक सम्बन्धविच्छेदका घटना छिटपुट मात्र हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिलेको वैवाहिक सम्बन्ध जोड्ने प्रक्रिया हेर्ने हो भने अधिकांश निर्णय फेसबुकबाट परिचय गरेर फेसबुकबाटै विवाह गर्ने अन्तिम टुङ्गोमा पुग्ने गरेको पाइन्छ ।” बाँचुञ्जेलका लागि जोडिने वैवाहिक सम्बन्धलाई एक÷दुई घण्टाको यात्राको साथी जस्तै हलुको पाराले हेर्ने गरेका कारण सम्बन्ध टिक्न नसकेको पौडेलको भनाइ छ ।

अधिवक्ता लेखनाथ काफ्ले पारिवारिक बेमेल, आपसी समझदारीको अभाव, वैदेशिक रोजगारीका क्रममा उत्पन्न विवाद, वैदेशिक संस्कृतिको सिको, चाँडो उमेरको प्रेम विवाह आदिले वैवाहिक सम्बन्धविच्छेदका घटना दिनानुदिन बढ्दै गएको बताउनुहुन्छ । काफ्लेका अनुसार, पतिले अर्को विवाह गरेको, पत्नीको अङ्गभङ्ग हुने तथा मानसिक कष्ट हुने जाल प्रपञ्च गरेको, खान लगाउन नदिई घरबाट निकालिदिएको, अन्य महिलासँग यौन सम्बन्ध राखेको र पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था छ । यस्तो व्यवस्था मुलुकी देवानीसंहिता, २०७४ ले गरेको हुनाले पनि अहिले वैवाहिक सम्बन्धविच्छेदका घटना बढ्न थालेको उहाँको तर्क छ ।

अधिवक्ता अर्जुनकुमार अधिकारीको अवलोकनमा जति छिटो वैवाहिक सम्बन्ध जोडिन्छ, त्यतिकै छिटो सम्बन्धविच्छेद हुने गरेको देखिन्छ । यो तथ्यलाई प्रमाणित गर्न अदालतमा दिनहुँ दर्ता हुँदै गएका सम्बन्धविच्छेदका मुद्दालाई लिन सकिने उहाँ बताउनुहुन्छ । स्वदेशमा बढ्दो बेरोजगारीले गर्दा पति वा पत्नी विदेश गई कमाएर घर पठाएको पैसा आफू विदेशबाट फर्कंदा हिनामिना भएको, आफूले पठाएको पैसा लिइ बालबच्चालाई बिचल्लीमा पार्दै पति वा पत्नीले दोस्रो विवाह गरेको अवस्थाले पनि सम्बन्धविच्छेदको घटनामा वृद्धि भएको अधिवक्ता अधिकारी बताउनुहुन्छ । दाङमा सम्बन्धविच्छेदका घटनालाई महिलावादी दृष्टिकोणले पनि अध्ययन र विश्लेषण गर्ने गरिएको पाइँदैन ।

यस्तो छ कानुुनी व्यवस्था ?

मुलुकी देवानी संहिताको दफा ९३ मा पतिपत्नी दुवैले चाहेमा सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यवस्था छ । साथै दफा ९४ मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था रहेको छ ।

त्यस्तै कानुनबमोजिम अंश लिई वा मानो छुट्टिइ पतिपत्नी छुट्टै बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था छ ।

सोही संहिताको दफा ९५ मा कानुनबमोजिम अंश लिइ वा मानो छुट्टिइ पतिपत्नी भिन्न बसेका अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिइ लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा महिलाले सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्था रहेको छ । पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पनि पत्नीले सम्बन्ध विच्छेद गर्नसक्ने कानुुनी व्यवस्था रहेको छ ।

दफा ९६ मा मेलमिलापको व्यवस्था पनि छ । सो बमोजिम सम्बन्धविच्छेदको लागि महिला वा पुरुषको निवेदन परेमा अदालतले दुबै पक्षलाई सकेसम्म सम्झाइबुझाइ मेलमिलाप गराउनुपर्ने हुन्छ । दफा ९७ मा चाहिँ सम्झाउँदा बुझाउँदा पनि पति पत्नीबीच मेलमिलाप गराउन नसकेपछि मात्रै सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यवस्था छ । दफा ९७ बमोजिम पति र पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्धविच्छेद गराउनुुपर्ने व्यवस्था सो संहितामा उल्लेख गरिएको छ ।

स्थानीय तह र व्यक्तिको भूमिका

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार झै–झगडाका, मानाचामल, सिमाना विवाद, घरभाडा, जग्गा रोक्कालगायतका मुद्दा न्यायिक समितिले हेर्ने गरेको छ । वैदेशिक रोगजारीमा गएका मानिसको प्रायःजग्गा रोक्काको मुद्दा आउने गरेको छ । न्यायिक समितिले तीन महिना मात्रै जग्गा रोक्का गर्न पाउने प्रावधान रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनको कार्यविधिमा रहेर काम गर्ने गरेको चौधरी बताउनुहुन्छ । थाहा नपाएकाहरू सम्बन्धविच्छेदका मुद्दा लिएर न्यायिक समितिमा आए पनि आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण सम्बन्धित निकायमा पठाउने गरेको उहाँ बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले वैदेशिक रोजगारीलाई घटाएर युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी देशको आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिनुहुन्छ । उहाँका अनुसार देशमा रोजगारीका अवसर नहुँदा धेरै युवा विदेसिन बाध्य भएकाले तिनलाई आफ्नै ठाउँमा बस्ने र केही गर्ने अवसर सिर्जना गर्नका लागि घोराही उपमहानगरपालिकाले ध्यान दिइरहेको छ ।

बाँचुञ्जेलका लागि जोडिने वैवाहिक सम्बन्धलाई एक÷दुई घण्टाको यात्राको साथी जस्तै हलुको पाराले हेर्न हुँदैन । साथै, आफूले भविष्यका बारेमा गम्भीरतापूर्वक विचार नगरी हतारमा विवाह गर्ने र फुर्सदमा पछुताउने अवस्था पनि आउन दिन हुँदैन । रासस