३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि कसरी चलाइएको थियो गोली ?



अ+ अ-

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ‘ह्यान्डमेड’ बन्दुकले आक्रमण भएको छ । गोली प्रहारपछिको तस्बिरबाट यो खुलासा भएको हो ।

आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन गरेका थिए । यसका लागि उनले बन्दुकमा कालो पोलिथिन बेरेका थिए । आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा स्पष्ट देखिन्छ ।

आक्रमणकारी तस्बिर खिच्ने बहानामा आबेको नजिक आएको विश्वास गरिएको छ । त्यसपछि उनले फायर गरे । आबेलाई पछाडिबाट दुई पटक गोली लागेको थियो । प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारी यामागामी तेत्सुयालाई पक्राउ गरेको छ । आक्रमणकारीसँग अहिले सोधपुछ भइरहेको छ ।

जापानमा आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदैछ । यसका लागि शिन्जो त्यहाँ प्रचारप्रसार गरिरहेका थिए । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए ।

उनको नाममा सबैभन्दा लामो समय (९ वर्ष) प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो ।

आबेलाई आक्रामक नेता मानिन्छ । उनलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसकारण उनले २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।