२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा



अ+ अ-

एजेन्सी । पहिलो पटक आईपीएल खेलेको गुजरात टाइटन्स १५ औं संस्करणको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातको टोलीले राजस्थानले दिएको १८९ रनको लक्ष्य तीन विकेट र तीन बल बाँकी रहँदै पुरा गर्यो ।

गुजरातका लागि डेभिड मिलरले सर्वाधिक रन बनाए । उनले ३८ बलमा ६८ रन बनाएर अविजित रहे । राजस्थानका लागि ट्रेन्ट बोल्ट र ओबेद म्याकोयले एक एक विकेट लिए । राजस्थानको टोलीले अब दोस्रो क्वालिफायरमा लखनउ र बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।

राजस्थानले दिएको १८९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । ऋद्धिमान साहा पहिलो ओभरको दोस्रो बलमा ट्रेन्ट बोल्टको हातमा खाता नखोल्दै क्याचमा आउट भए । तर, त्यसपछि शुभमन गिल र म्याथ्यु वेडले इनिङ्सको जिम्मा लिए र दोस्रो विकेटका लागि ४४ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरे । गिल आठौं ओभरमा २१ बलमा ३५ रन बनाएर रनआउट भए । यसपछि म्याथ्यु वेड पनि १० औं ओभरमा ३५ रन बनाएर आउट भए ।

छोटो अन्तरालमा दुवै सेट ब्याट्सम्यानको विकेट गुमाएपछि गुजरातको टोली समस्यामा परेको थियो । तर कप्तान हार्दिक पाण्ड्या र डेभिड मिलरले टोलीलाई उकास्दै इनिङ्स अगाडि बढ्दै गएपछि म्याच जित्ने साझेदारी बनाए । दुवैले चौथो विकेटका लागि ६० बलमा १०६ रनको अटूट साझेदारी गरे । मिलरले अन्तिम ओभरका तीनै बलमा छक्का प्रहार गरे । उनले ३८ बलमा ६८ रन बनाएर अविजित रहे । जहाँ हार्दिक पाण्ड्याले २७ बलमा ४० रन बनाएर अन्तिमसम्म रहे ।

यसअघि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले टस जितेर राजस्थान रोयल्सलाई ब्याटिङको निम्तो दिएका थिए । राजस्थानको सुरुवात राम्रो हुन सकेन । यशस्वी जैसवाल दोस्रो ओभरमा तीन रन बनाएर पेभिलियन फर्किए । त्यसपछि कप्तान सञ्जु सामसनले इनिङ्सको जिम्मा लिए र बलियो ब्याटिङ गरे । उनले दोस्रो विकेटका लागि जोस बटलरसँग ४७ बलमा ६८ रनको साझेदारी गरे । तर, सामसन आफ्नो अर्धशतक बनाउन चुके र २६ बलमा ४७ रन बनाएर पेभिलियन फर्किए ।

सामसन आउट भएपछि देवदत्त पडिक्कलले इनिङ्सको नेतृत्व गरे र बटलरसँग ३७ रनको साझेदारी गरे । तर, पडिक्कलले ठूलो इनिङ खेल्न सकेनन् र १५ औं ओभरमा २० बलमा २८ रन बनाएर आउट भए । अर्कोतर्फ बटलरले ४२ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले ५६ बलमा ८९ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले खास केही गर्न सकेनन् र शिम्रोन हेटमायरपछि रियान पराग पनि सस्तोमा पेभिलियन फर्किए ।




भर्खरै