• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा



एजेन्सी । पहिलो पटक आईपीएल खेलेको गुजरात टाइटन्स १५ औं संस्करणको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातको टोलीले राजस्थानले दिएको १८९ रनको लक्ष्य तीन विकेट र तीन बल बाँकी रहँदै पुरा गर्यो ।

गुजरातका लागि डेभिड मिलरले सर्वाधिक रन बनाए । उनले ३८ बलमा ६८ रन बनाएर अविजित रहे । राजस्थानका लागि ट्रेन्ट बोल्ट र ओबेद म्याकोयले एक एक विकेट लिए । राजस्थानको टोलीले अब दोस्रो क्वालिफायरमा लखनउ र बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।

राजस्थानले दिएको १८९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । ऋद्धिमान साहा पहिलो ओभरको दोस्रो बलमा ट्रेन्ट बोल्टको हातमा खाता नखोल्दै क्याचमा आउट भए । तर, त्यसपछि शुभमन गिल र म्याथ्यु वेडले इनिङ्सको जिम्मा लिए र दोस्रो विकेटका लागि ४४ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरे । गिल आठौं ओभरमा २१ बलमा ३५ रन बनाएर रनआउट भए । यसपछि म्याथ्यु वेड पनि १० औं ओभरमा ३५ रन बनाएर आउट भए ।

छोटो अन्तरालमा दुवै सेट ब्याट्सम्यानको विकेट गुमाएपछि गुजरातको टोली समस्यामा परेको थियो । तर कप्तान हार्दिक पाण्ड्या र डेभिड मिलरले टोलीलाई उकास्दै इनिङ्स अगाडि बढ्दै गएपछि म्याच जित्ने साझेदारी बनाए । दुवैले चौथो विकेटका लागि ६० बलमा १०६ रनको अटूट साझेदारी गरे । मिलरले अन्तिम ओभरका तीनै बलमा छक्का प्रहार गरे । उनले ३८ बलमा ६८ रन बनाएर अविजित रहे । जहाँ हार्दिक पाण्ड्याले २७ बलमा ४० रन बनाएर अन्तिमसम्म रहे ।

यसअघि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले टस जितेर राजस्थान रोयल्सलाई ब्याटिङको निम्तो दिएका थिए । राजस्थानको सुरुवात राम्रो हुन सकेन । यशस्वी जैसवाल दोस्रो ओभरमा तीन रन बनाएर पेभिलियन फर्किए । त्यसपछि कप्तान सञ्जु सामसनले इनिङ्सको जिम्मा लिए र बलियो ब्याटिङ गरे । उनले दोस्रो विकेटका लागि जोस बटलरसँग ४७ बलमा ६८ रनको साझेदारी गरे । तर, सामसन आफ्नो अर्धशतक बनाउन चुके र २६ बलमा ४७ रन बनाएर पेभिलियन फर्किए ।

सामसन आउट भएपछि देवदत्त पडिक्कलले इनिङ्सको नेतृत्व गरे र बटलरसँग ३७ रनको साझेदारी गरे । तर, पडिक्कलले ठूलो इनिङ खेल्न सकेनन् र १५ औं ओभरमा २० बलमा २८ रन बनाएर आउट भए । अर्कोतर्फ बटलरले ४२ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनले ५६ बलमा ८९ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले खास केही गर्न सकेनन् र शिम्रोन हेटमायरपछि रियान पराग पनि सस्तोमा पेभिलियन फर्किए ।