१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार

शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार
अ अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका व्यवसायीहरूलाई ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ संशोधन गर्ने आश्वासन दिनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकलाई यस्तो आवश्वासन दिनुभएको हो ।

कन्सल्टेन्सी सञ्चालकहरु सरकारले हालै ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा यारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ को विरोध गर्दै छन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष लक्ष्मण पौडेलले नियमावलीका केही व्यवस्था व्यवसायी, विद्यार्थी र अभिभावकको हितविपरीत रहेकोले संशोधनको विषयमा मन्त्री पोखरेलसँग छलफल भएको बताउनु भयो । उहाँकाअनुसार मन्त्री पोखरेलले व्यवसायीका सुधारका आधारमा नियमावली संशोधन गरिने जवाफ दिनुभएको छ ।

उहाँले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा समेत सरकार सकारात्मक रहेको जवाफ मन्त्री पोखरेलले दिएको बताउनु भयो ।

अध्यक्ष पौडेलले भन्नुभयोे, ‘ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का कतिपय व्यवस्थाहरु हामी व्यवसायीहरुको पक्षमा नरहेको कारण विद्यार्थीको हकहित र अभिभावकको पैसाको सुरक्षाको लगायतका कुराहरु थियो । त्यसकारण आउँदा दिनमा उक्त नियमावलीलाई संशोधन गर्नुपर्ने अवस्था थियो । त्यही विषयमा छलफल भयो । यो विषयमा मन्त्रीज्यू पनि पोजिटिभ हुनुहुन्छ । मन्त्रीज्यूले संविधान त संशोधन गर्न सकिन्ट भने नियमावली संशोधन गर्न नसकिने अवस्था छैन । यसमा छलफल भयो अब तपाईंहरुको सुझावको आधारमा नियमावलीलाई संशोधन गर्ने प्रक्रियामा अगाडि बढ्छौँ भन्नुभयो । आश्वासन धेरै आएको छ । त्यो कुराहरु लिगल पेपरमा आएपछि सन्तुष्ट हुन सकिन्छ । आश्वासन चाहीँ दिनुभएको छ ।’

छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एशोसिएशन (नेका), एक्यान, नेवा र नेक्सालगायतका संघ–संस्थाका प्रतिनिधिहरूलाई बोलाइएको थियो । –न्युज एजेन्सी नेपाल