२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो ।

त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई÷दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । राष्ट्रपति भण्डारीले भन्नु भयो, ‘प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना र संचालन गर्ने नीति लिईनेछ ।

सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालनमा ल्याइनेछ । चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी संख्या वृद्धि गरिनेछ ।’