२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेर्पाद्वारा एन्फा अध्यक्ष पदमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

अध्यक्ष शेर्पाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको घोषणा गर्नुभएको हो । उहाँसँगै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै सदस्यमा दीपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गर्नुभएको छ । महिला सदस्यमा भने उम्मेदवारी दिन बाँकी छ ।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पछिल्लो चार वर्षे कार्यकालमा आफूलाई विकासको पक्षमा काम गर्न बाधा हाल्ने काम भएको र अहिले चुनावमा पनि विभिन्न आरोप लगाउँदै आपूmविरुद्ध लागेको बताउनु भयो । पछिल्लो कार्यकालमा गरेका कामको नालिबेलीका साथै आगामी कार्यकालमा गर्ने कामको घोषणापत्र समेत सार्वजनिक गर्दै एन्फा अध्यक्ष शेर्पाले कोभिड महामारीका कारण सोचेअनुसार काम गर्न भने नपाएको स्वीकार गर्नुभयो । अध्यक्ष शेर्पाले फुटबल विकासमा लागि रहँदो केही तत्वहरुले रोक्ने प्रयास गरेको र फुटबललाई घर चलाउने माध्यम नबनाओस् भनेर आपूmले उम्मेदवरी दिन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो चार वर्षमा हामीले फुटबल विकास लागि अनैकौं प्रयास भए । यस क्रममा विभिन्न तरिकाले रोक्ने प्रयास भए । फुटबलमा विकास गर्न चाहेको या नचाहेको आगामी निर्वाचनले देखाउनेछ । फुटबलमा काम गर्ने र नगर्ने फुटबलसँग सम्बिन्धितले चिनिहाल्छ । फुटबललाई घर चलाउने माध्यम नबनाओस् भन्न चाहन्छु । फुटबलमा लाग्नेले फुटबलमा नै काम गर्नुपर्छ ।’

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका अध्यक्ष शेर्पाले आपूm निर्वाचित भएलगत्तै एन्फामा आएर आर्थिक नियमावली, संघीय संरचनाका आधारमा विधान संयोधन गरेका, खेलाडी दर्ता प्रक्रिया बनाएको, क्लव लाइसेन्सिङ लागू गरेको लगाएतका धेरै कार्यक्रम गरेको भन्दै लामो सूचि सुनाउनु भयो । यस क्रममा पनि निर्वाचनलगत्तै आएका केही साथीहरुले आपूmलाई असहायोग गरेको आरोप लगाउनु भयो । कर्माले आपूm निर्वाचित भएर आए फुटबललाई पूरै डिजिटलाईज गर्ने प्रतिवद्धता सुनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी कार्यकाल फुटबलमा डिजिटलाईज बनाउने योजना बनाएको छु । पूरै पारदर्शी तरिकाले काम गर्ने प्रक्रियालाई अगाडि बढाएर डाटा बैंक बनाउँछौं । खेलाडीको दर्ता अनालाईन, मेडिकल अनलाईन, रेफ्रिहरुको अनलाईन रिर्पोटिङ सिस्टम शुरु भइसकेको छ, आर्थिक कारोबार अनलाईनबाट काम गर्न मिल्ने गरी योजना अगाडि बढाएका छौं । र हामीले एउटा डाटा बैंक बनाउँदै छौं । डाटा बैंक बनाउने काम भइसकेपछि अर्को कार्यकालमा नेपालको फ्युचर प्लान बनाउँदै अगाडि बढ्छौं ।’

यसअघि असार ६ गते हुने निर्वाचनका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । निर्वाचनका लागि जिल्ला, संघ, क्लवबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने बी डिभिजनबाट ११ क्लव, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लव, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लवसँग मताधिकार रहेको छ ।