४ भाद्र २०८३, बिहीबार
,
Latest
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’ प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले तयार पारिएको ‘नेपाल हरित रोजगारी मिसन’ सम्बन्धी प्रतिवेदन युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष पेस गरिएको छ।

नेपालमा हरित रोजगारी प्रवर्द्धनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन बिहीबार मन्त्री यादवसमक्ष पेस गरेको हो। मन्त्रालयको समन्वयमा सञ्चालन गर्ने प्रस्ताव गरिएको मिसनले हरित अर्थतन्त्रलाई रोजगारीसँग जोड्दै आर्थिक रूपान्तरण गर्ने परिकल्पना गरेको छ।

प्रस्तावित मिसनमार्फत सबैका लागि हरित सीप तथा मर्यादित रोजगारीका अवसरमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। हरित सीप, उद्यमशीलता र लगानीयोग्य परियोजनालाई रोजगारीसँग आबद्ध गर्दै आगामी पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको छ।

मिसनले युवालाई हरित क्षेत्रमा आवश्यक सीप प्रदान गर्ने, हरित उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा लगानीयोग्य परियोजनामार्फत रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्य लिएको छ।