• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

रङ्गेली नगरपालिकामा एमाले विजयी



काठमाडौं । मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वतीदेवी बहरदारले सदस्य पदमा जीत हासिल गर्नुभएको छ ।