• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित



सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादव चार हजार २६९ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका हरेराम यादवले तीन हजार ९३५ मत ल्याउनुभएको निर्वाचन अधिकृत सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्कले जानकारी दिनुभयो ।

उपप्रमुखमा लोसपाकै पुष्पाकुमारी श्रेष्ठ ५६ मतको अन्तरले विजयी हुनुभएको छ । श्रेष्ठले तीन हजार ७१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी जसपाकी बेचनीदेवी सरदारले तीन हजार ६५४ मत ल्याउनुभयो । निकटतम प्रतिद्वन्द्वी रहेका हरेराम यादव र बेचनीदेवी सरदार गत निर्वाचनबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कूल ६ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्र र जसपाले दुईरदुई तथा कांग्रेस र लोसपाले एकरएक वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

लोसपाबाट वडा नं १ मा लीला यादव, २ बाट माओवादीका सरोजकुमार यादव, ३ बाट नेपाली कांग्रेसका अमर मुखिया, ४ बाट नेकपा (माओवादी केन्द्र) का छेदी इशर, ५ र ६ बाट जसपाका क्रमशः गङ्गाराम यादव र बद्रीनारायण सरदार वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

योसँगै सप्तरीको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । कांग्रेस जिल्लाको सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपा, एमाले र लोसपाले तीनरतीन स्थानीय तहमा जीत हासिल गरेको छ । जनमत पार्टीले दुई स्थानीय तह तथा माओवादी केन्द्र र नेकपा ९एस०ले एकरएक स्थानीय तहमा विजयी हासिल गरेको छ ।