• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

एसियन कप छनोटका लागि फुटबल टोली घोषणा



photo : anfa

काठमाडौं । खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

घोषणा गरिएका २३ जना समावेश स्क्वाडमा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका १० खेलाडीलाई समावेश गरिएको छैन ।

चार हप्ता अगाडि प्रशिक्षक अब्दुल्लाहको विरोध गर्दै मुख्य खेलाडी, रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, बिमल घर्तिमगर, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले क्याम्प छोडेका थिए । त्यसपछि यो विवाद उत्कर्षमा पुग्दा खेलाडीले विभिन्न निकायमा छानबिनका लागि विज्ञेप्ति नै बुझाएका थिए । झण्डै एक हप्ता अगाडि पूर्व खेलाडी भिक्टोर राणाको संयोजकत्वमा एन्फाले तीन सदस्यीय छानबिन समिति समेत बनाएको थियो ।

छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

नेपाली टोलीः

गोलकिपरः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्सः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ