२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलमुताइरीलाई हटाउन छानविन समितिको सिफारिस



अ+ अ-

काठमाडौं । फुटबल खेलाडी र प्रशिक्षकको विवाद छानविन गर्न बनेको समितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ ।

अखिल नेपाल फुटबल संघद्धारा गठित तीन सदस्यीय समितिले कतारसँग समन्वय गरेर राष्ट्रिय टिमका वर्तमान मुख्य प्रशिक्षक अलमुताईरीलाई परिवर्तन गर्न सिफारिस गरेको हो ।

समितिमा भुतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन् ।

राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले एफसी कप छनोटको बन्द प्रशिक्षण छाडेर बाहिर निस्किएपछि घटना सार्वजनिक भएको थियो । उपकप्तान रोहित चन्द सहितका खेलाडीले प्रशिक्षणको क्रममा राम्रो बस्न र खानको प्रबन्ध गर्न अनुरोध गरेपछि प्रशिक्षक अलमुताईरीले चन्दलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।

खेलाडीले प्रशिक्षणको दौरान राम्रो प्रबन्धका लागि उपकप्तानलाई बोल्नका आफुहरुलेनै आग्रह गरेको धारणा प्रशिक्षकसँग राखेपछि अलमुताईरीले अपशब्द प्रयोग गरि थप सिनियर ९ खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालेपछि विवाद थप चुलिएको थियो ।

छानविन समितिले एएफसी कप छनोटको समापनसँगै कतारसँग परामर्श गरेर प्रशिक्षक परिवर्तन गर्न एन्फालाई सुझाव दिएको हो ।

वर्तमान प्रशिक्षक अलमुताईरी जिम्मेवारी सम्हाल्न सक्षम नभएको समेत उल्लेख गरिएको छ ।