• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै ★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो ★   तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा ★   इलाम २ को मतगणना आज बिहानबाट थालिने ★   आईपीएलः शीर्ष स्थानको राजस्थान रोयल्सको आठौं जित, लखनउलाई ७ विकेटले हरायो ★   नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत ★   दिल्लीले मुम्बईलाई १० रनले हरायो ★   विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ–रोहित ★   कमजोर कुटनीति-क्षमता नभएका व्यक्ति हावी: परराष्ट्रविद् आचार्य ★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

छानबिन समितिको प्रतिवेदन- ‘अल्मुताइरी अस्वस्थ र गैरव्यावसायिक छन्, उनको विकल्प खोज्नुपर्छ’



काठमाडौं । फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन अखिल नेपाल फुटबल संघसमक्ष बुझाएको छ ।

प्रतिवेदनमा नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औँल्याइएको छ । बयानमा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा छानबिन समितिले एएफसी कप छनोटपछि कतार फुटबल संघको प्राविधक सहयोगमा नेपाल आएका अल्मुताइरीको विकल्प खोज्न सुझाव पनि दिएको छ । प्रतिवेदनमा उनी गैरव्यावसायिक भएको र खेलाडीको व्यक्तिगत जीवनमा समेत हस्तक्षेप गर्न खोजेको बताइएको छ ।

समितिले एएफसी कप छनोटका लागि बन्द प्रशिक्षणबाट निस्किएका खेलाडीलाई माफी माग्न लगाएर राष्ट्रिय टोलीमा ल्याउन सुझाव दिएको छ । बन्द प्रशिक्षणका क्रममा प्रशिक्षक अल्मुताइरी र खेलाडीबीच विवाद भएपछि रोहित चन्दले शिविर छोडेका थिए । त्यसको दुई दिनपछि पुनः नौ जना खेलाडीले बन्द शिविर छोडेका थिए ।

खेलाडीहरुले प्रशिक्षक अल्मुताइरीले नै बन्द शिविर छाड्न निर्देशन दिएपछि आफूहरु शिविरबाट बाहिरिएको दाबी गरेका छन । एन्फाले सो छानबिन प्रतिवेदन आज शुक्रबार सार्वजनिक गर्ने बताइएको छ ।