५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो

तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो
अ+ अ-

तराईका जिल्लामा आजदेखि तातो हावा चल्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि पाँचदिनसम्म केही स्थानको तापक्रम अत्यधिक हुने र तातो हावा चल्ने चेतावनी दिएको हो ।

विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको तापक्रम बढेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

भैरहवा, नवलपुरको दुम्कौली, रौतहटको गौर, सर्लाहीको कर्मैया, जनकपुर, नेपालगन्जसहितका क्षेत्रमा हरेक दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्ने गरेको छ ।

शनिबार सबैभन्दा बढी भैरहवामा ४२.२ र त्यसपछि नेपालगन्जमा ४०.५, धनगढीमा ३९.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । तापक्रम वृद्धिको यो दर कायमै रहेकाले तराईमा कम्तीमा २० वैशाखसम्म तातो हावा तथा तातो लहरको चेतावनी महाशाखाले दिएको हो ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ । ती भू–भागहरूमा आगामी ५ दिन अर्थात् २०८१ वैशाख १६ गते देखि २०८१ बैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

तराई मात्र होइन उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ । शनिबार काठमाडौंमा ३२.७, पोखरामा ३१.३, घोराहीमा ३७.३, वीरेन्द्रनगरमा ३९.१ र दिपायलमा ३७.५ डिग्री सेल्सियस मापन भएको छ ।

पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

तापक्रम नेपालमा मात्र होइन छिमेकी मुलुक भारतमा पनि लु चलिरहेको छ । त्यहाँको मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख भएअनुसार ओडिसा र राजस्थानका केही क्षेत्रमा अधिकतम तापक्रम ४३ देखि ४५ डिग्री सेल्सियस पुगेको छ ।

त्यस्तै, आन्द्र प्रदेश, तेलुंगना, महाराष्ट्र, वेस्ट बंगाल, झारखण्ड, बिहारको पश्चिम क्षेत्र र उत्तरप्रदेशको पश्चिमी क्षेत्रको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियस पुगेको छ । जुन नेपालका तराईमा मापन भइरहेको तापक्रमभन्दा उच्च हो ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले जनाएको छ ।