९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान
अ अ+ अ-

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल हुनुभएको छ ।

‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उहाँ विश्वको पहिलो खेलाडी हुनुहुन्छ भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उहाँ पहिलो अन्तर्राष्ट्रिय खेलाडी बन्नुभएको छ ।

जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै उहाँले आफ्नो उपाधि रक्षा गर्न सफल हुनुभएको हो । जापानको नागोया सहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिस्पर्धामा २४ वर्षीय व्यवसायिक किक बक्सर घिमिरेले प्रतिस्पर्धीलाई चौथो राउण्डमा नकआउट गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो । ‘हिमालय चितुवा’का रूपमा परिचित घिमिरेले जापानको विश्वप्रसिद्ध क्लब सिमुरा डोजोबाट खेल्दै आउनुभएको छ ।

प्रतियोगिताको मुख्य आकर्षण रूपमा रहेको अन्तिम खेल ९मेन इभेन्ट म्याच०मा युवा बक्सर घिमिरेले तीन मिनेटको पाँच राउण्डको प्रतियोगितामा चौथो राउण्डको एक मिनेट ४० सेकेण्ड अर्थात् १० मिनेट ४० सेकण्डमा प्रतिस्पर्धी बक्सर जिनलाई रिङमा ढालेर ‘प्रोफेसनल किक बक्सिङ हिट ५३ च्याम्पियनसिप’मा टाइटल बेल्टको उपाधि रक्षा गर्नुभएको हो ।

अहिलेसम्म व्यवसायिक किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलमा अपराजित यात्रा कायम गर्दै जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै ‘मिडल वेट’को रेकर्डसमेत कायम राख्न सफल हुनुभएको छ ।

उहाँले विश्वप्रसिद्ध के वान व्यवसायिक किक बक्सिङ प्रतियोगितामा समेत खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नकआउट गर्न सफल हुनुभएको थियो । हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायतका विश्वप्रसिद्ध किक बक्सरलाई पराजित गरिसक्नुभएको युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।

जापानको नागोयामा सहरमा अबिरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको हिमचितुवा सिमुरा डोजोबाट प्रशिक्षण लिँदै आफ्नो खेल जीवनलाई अगाडि बढाउँदै आउनुभएको छ ।

कराते खेलाडी देव सन् २००४ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहनुभएको छ ।