९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत
अ अ+ अ-

काठमाडौँ: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिनुभएको छ ।

अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आज यहाँ आयोजित ‘युए–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उहाँले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि पारदर्शी, स्थिर र अनुमानयोग्य नीति आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

“अमेरिका र नेपालबीच लामो समयदेखि सम्बन्ध रहिआएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”

राजदूत थम्पसनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारण लाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको बताउनुभयो ।

युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केशपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह हुने धारणा राख्नुभयो । उहाँले नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकमा समृद्धि हासिल हुने बताउनुभयो ।

उहाँले लगानी बढाउनका लागि नीतिगत स्पष्टतामा जोड दिँदै लगानीमैत्री वातावरण बनाउन सके ठूलो लगानी भित्रनेमा विश्वास व्यक्त गर्नुभयो । “अहिले नेपालमा भित्रने कुल प्रत्यक्ष विदेशी लगानीमा अमेरिकी लगानी तीन प्रतिशतमात्रै छ, लगानीमैत्री वातावरण र नीति हुने हो भने आगामी दिनमा यसलाई बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

अमेरिकी चेम्बर अफ कमर्श नेपाल (एमच्याम)का अध्यक्ष तथा मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठूलो सम्भावनाको मुलुक भएको बताउनुभयो । “नेपाल लगानीको सम्भावना भएको मुलुक हो, हाम्रो अहिलेको प्राथमिकता हालको लगानीलाई दिगो बनाउने र आगामी दिनमा अमेरिकी लगानी बढाउनु हो”, उहाँले भन्नुभयो, “यसका लागि सबै साझेदारहरूको सहयोग आवश्यक छ ।” उहाँले युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशपले अमेरिकी चेम्बर अफ कमर्श नेपाललाई छोटो समयमा मान्यता दिलाउन खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड नेपालका मिसन निमित्त निर्देशक करिन वेल्चले आफूहरूले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासका लागि युएसएडले पर्यटन, सूचना प्रविधि, कृषि र क्लिन इनर्जीका क्षेत्रमा युएसएडले काम गरिरहेको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको समेत उल्लेख गर्नुभयो । “नेपालको पर्यटन क्षेत्र यतिबेला नयाँ ढङ्गले अगाडि बढिरहेको छ, पर्यटन क्षेत्रमा ठूलो सम्भावन छ । पर्यटनमा लगानी गरी आर्थिक विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसिया क्षेत्रीय मामिलाका निर्देशक सेमास विसेलले आर्थिक समृद्धि भयो भने राष्ट्रिय सुरक्षा बलियो हुनेमा जोड दिनुभयो ।

नेपाली व्यवसायी सुजीव शाक्यले नेपाल यतिबेला जनसाङ्ख्यकीय लाभ लिने अवस्थामा रहेको भन्दै यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “चीन र भारतजस्ता ठूलो अर्थतन्त्र भएका मुलुकका बीचमा नेपाल छ, यद्यपि नेपालसँग अहिले युवा जनशक्तिको सङ्ख्या ठूलो भएकाले सम्भावना पनि उत्तिकै छ”, उहाँले भन्नुभयो, “अहिले एक करोड लगानी आउँदा पनि समाचार बन्ने अवस्था रहेकामा आगामी दिनमा ठूलो लगानी ल्याउने गरी काम गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” कार्यक्रममा अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायका प्रतिनिधिले नेपालमा काम गर्दाका अवसर र चुनौतीबारे आफ्ना अनुभव राख्नुभएको थियो ।

त्यस अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) र अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनबीच अमेरिकी व्यापार र लगानी रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो । जसमा एमच्यामका तर्फबाट अध्यक्ष निर्मलकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय व्यापार प्रशासनका तर्फबाट उद्योग र विश्लेषणसम्बन्धी प्रमुख उपसहायकमन्त्री हेदर हेमले हस्ताक्षर गर्नुभयो ।रासस